close

क्याम्पसमा टिकटक बनाउन निषेध !

टेकपाना टेकपाना

असोज १४, २०७८ १०:२२

क्याम्पसमा टिकटक बनाउन निषेध !

काठमाडौं । लुम्बिनी वाणिज्य क्याम्पसले हाताभित्र टिकटक बनाउन निषेध गरेको छ । देशकै प्रतिष्ठित कलेजको रुपमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसले सामाजिक सञ्जालको दुरुपयोग भएको भन्दै यस्तो सूचना जारी गरेको हो ।

पछिल्लो समयमा क्याम्पस हाताभित्र बनाएका टिकटक भिडिओ भाइरल हुने र क्याम्पसकै प्रतिष्ठामा आँच पुग्ने किसिमका कमेन्ट आउन थालेपछि क्याम्पस प्रशासनले यस्तो कदम चालेको हो ।

No description available.

‘यस लुम्बिनी वाणिज्य क्याम्पस हाताभित्र टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधि प्रयोग गरी कुनै पनि गतिविधि गर्न निषेधित गरिएको छ,’ क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायको हस्ताक्षर सहितको सूचनामा भनिएको छ, ‘अन्यथा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१