काठमाडौं । जब हामीलाई आफ्नो रोजाइको अपरेटिङ सिस्टममा साइबर सुरक्षा जोखिम रहेको थाहा हुन्छ, त्यो पक्कै पनि हाम्रो लागि खराब दिन हुने गर्छ । आज त्यस्तै अर्को खराब दिन बनेको छ ।
किन भने गिफ्टहर्स नामक ट्रोजन भाइरस तपाईंको पैसा चोरी गर्न उताउति उछलकुद मच्चाउन थालेको छ । गिफ्टहर्सले आफूलाई प्राइज अर्थात पुरस्कारको रुपमा प्रस्तुत गर्दछ र त्यसपछि तपाईंको फोन नम्बर माग्छ ।
जब तपाईं आफ्नो फोन नम्बर उपलब्ध गराउनुहुन्छ, यति गरेकै भरमा तपाईँकोमा एसएमएसमा आधारित स्वचालित रुपमा दोहोरिरहने भुक्तानीका लागि सब्स्क्राइब हुन्छ । यो माल्वेरबाट ७० देशका एक करोडभन्दा बढी एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भइसकेका छन् ।
यो ट्रोजन थर्डपाटी एप्लिकेसन स्टोरमा रहेका एपमा मात्र नभएर गुगल प्ले स्टोर भित्रका एपमा समेत भेटिएको छ ।
कसरी चिन्ने ?
यो ट्रोजन भाइरस दर्जनौँ एपहरूमा पाइएको छ, जसले एकअर्कासँग फरक फरक देखिनेगरी आफूलाई प्रस्तुत गर्दछ । यसलाई चिन्ने सजिलो तरिका भनेको सामान्यतया गिफ्टहर्स ट्रोजनले तपाईंलाई कुनै एपको तर्फबाट अनपेक्षित किसिमको पुरस्कार प्राप्त भएको जस्तो देखाउँछ । जसले तपाईंलाई कुनै पनि त्यस्तो पुरस्कार वा उपहार दिँदैन । यहाँ तल तपाईंले त्यसको एउटा नमूना देख्न सक्नुहुन्छ ।
अब के गर्ने ?
यहाँ तल हामीले गिफ्टहर्सबाट प्रभावित एपहरूको सूची राखेका छौँ । यदि तपाईंको मोबाइलमा यी एप छन् भने तुरुन्तै अनइन्स्टल गर्नुहोस् । आफ्नो फोनको बिल चेक गर्नुहोस्, यदि तपाईंले त्यस्तो अनौठो सब्सक्रिप्सन प्लान देख्नु भयो, जुन तपाईंले चिन्न पनि सक्नु भएन । यस्तो अवस्थामा आफ्नो सेवाप्रदायकले गर्न सक्ने सहयोगका लागि आग्रह गर्नुहोस् ।
अन्तिम कुरा, जब इन्टरनेटको कुरा आउँछ, यो निकै राम्रो सुनिन्छ र वास्तवमा निकै उपयोगी पनि छ । तर यसलाई सुरक्षित तवरमा प्रयोग गर्न सचेत हुन भने एकदमै जरुरी छ ।
गिफ्टहर्स नामक ट्रोजन भाइरसबाट संक्रमित एपहरू
- Handy Translator Pro
- Heart Rate and Pulse Tracker
- Geospot: GPS Location Tracker
- iCare – Find Location
- My Chat Translator
- Bus – Metrolis 2021
- Free Translator Photo
- Locker Tool
- Fingerprint Changer
- Call Recoder Pro
- Instant Speech Translation
- Racers Car Driver
- Slime Simulator
- Keyboard Themes
- What’s Me Sticker
- Amazing Video Editor
- Safe Lock
- Heart Rhythm
- Smart Spot Locator
- CutCut Pro
- OFFRoaders – Survive
- Phone Finder by Clapping
- Bus Driving Simulator
- Fingerprint Defender
- Lifeel – scan and test
- Launcher iOS 15
- Idle Gun Tycoo\u202an\u202c
- Scanner App Scan Docs & Notes
- Chat Translator All Messengers
- Hunt Contact
- Icony
- Horoscope : Fortune
- Fitness Point
- Qibla AR Pro
- Heart Rate and Meal Tracker
- Mine Easy Translator
- PhoneControl Block Spam Calls
- Parallax paper 3D
- SnapLens – Photo Translator
- Qibla Pass Direction
- Caller-x
- Clap
- Photo Effect Pro
- iConnected Tracker
- Smart Call Recorder
- Daily Horoscope & Life Palmestry
- Qibla Compass (Kaaba Locator)
- Prookie-Cartoon Photo Editor
- Qibla Ultimate
- Truck – RoudDrive Offroad
- GPS Phone Tracker – Family Locator
- Call Recorder iCall
- PikCho Editor app
- Street Cars: pro Racing
- Cinema Hall: Free HD Movies
- Live Wallpaper & Background
- Intelligent Translator Pro
- Face Analyzer
- TrueCaller & TrueRecoder
- iTranslator_ Text & Voice & Photo
- Pulse App – Heart Rate Monitor
- Video & Photo Recovery Manager 2
- Быстрые кредиты 24\7
- Fitness Trainer
- ClipBuddy
- Vector arts
- Ludo Speak v2.0
- Battery Live Wallpaper 4K
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५
