close

हतारमा नगर्नुहोस् विन्डोज ११ अपडेट, आउन सक्छ यस्तो समस्या

टेकपाना टेकपाना

असोज २४, २०७८ १२:५

हतारमा नगर्नुहोस् विन्डोज ११ अपडेट, आउन सक्छ यस्तो समस्या

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ लाई गएको मङ्गलबार सार्वजनिक गरिसकेको छ । सार्वजनिक हुनु अघिदेखि नै विश्वभर कयौं प्रयोगकर्ता यसलाई लिएर निकै उत्साहित देखिएका थिए ।

सार्वजनिक भइसकेपश्चात् थुप्रै प्रयोगकर्ताले विन्डोज ११ को नयाँ भर्सन डाउनलोड गरिरहेका छन् । यदि तपाईं पनि आफ्नो कम्प्युटरमा विन्डोज ११ डाउनलोड गर्दै हुनुहुन्छ भने हतार नगर्नुहोस् ।

किन भने विन्डोज ११ डाउनलोड गरेका कतिपय प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा केही समस्या आइरहेको बताएका छन् । उनीहरूका अनुसार विन्डोजको यो नयाँ भर्सन पूर्ण रुपमा स्टेबल अर्थात स्थिर छैन ।

प्रयोगकर्ताले यसमा अनेक प्रकारका बग रहेको रिपोर्ट समेत गरिरहेका छन् । मेमोरी लिक हुने समस्या समेत केही प्रयोगकर्ताले ब्यहोरिरहेका छन् । यसका पछाडि फाइल एक्सप्लोररमा रहेको बगलाई कारण मानिएको छ ।

जब कम्प्युटरले कुनै प्रोग्रामलाई आवश्यकताभन्दा बढी र्‍याम उपलब्ध गराउँछ, तब मेमोरी लिक हुने समस्या देखिन थाल्छ र प्रयोगमा नरहेको क्याश मेमोरी समेत प्रयोग भइरहेको हुँदैन । विन्डोजको यो बग रेडिटका एक प्रयोगकर्ताले पत्ता लगाएका थिए ।

उनले यस विषयमा गरेको पोस्ट निकै भाइरल बनिरहेको छ । जसअनुसार यदि तपाईंले आफ्नो विन्डोज एक्सप्लोररलाई खोलेर बन्द गर्नुहुन्छ, त्यसपछि त्यसको प्रयोगमा रहेको र्‍याम एक एमबीसम्म बढ्ने गर्दछ । जब कि विन्डोज एक्सप्लोरर खोलेर बन्द गर्दा र्‍यामको प्रयोग कम हुनुपर्ने हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१