ग्लोबल ई-स्पोर्टस टुरमा सहभागी हुने पब्जी टिम डीआरएसलाई भायानेटको प्रायोजन
कात्तिक २, २०७८ १३:११
काठमाडौं । साउदी अरेबियामा आउँदो आइतबारदेखि ग्लोबल ई-स्पोर्टस टुर २०२१ हुँदै छ ।
उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुने पब्जी टिम दि रियल सोल्जर्स (डीआरएस गेमिङ) लाई इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले प्रायोजन गर्ने भएको छ ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालसहित साउदी अरेबिया, मोरोक्को, कुवेत, लेबनान र सिरियाका पब्जी टिमबीच प्रतिस्पर्धा हुनेछ ।
एक लाख ५० हजार अमेरिकी डलर (एक करोड ८० लाख रुपैयाँ बढी) पुरस्कार राशीको प्रतियोगितामा नेपालको तर्फबाट डीआरएससँगै ट्रेन्ड टु किल (टीटुके) ले सहभागिता जनाउनेछन् ।
यसका लागि सोमबार राति डीआरएस साउदी अरेबियास्थित रियाद प्रस्थान गरेको छ ।
Who’s gonna get the winner winner chicken dinner?
— Global Esports Federation (@GE_Federation) October 19, 2021
Get ready for PUBG MOBILE at the upcoming Global Esports Tour in Riyadh.
Tune in to watch it all live here on Oct 24:
Twitch – https://t.co/EuUHgL85DJ
YouTube – https://t.co/vJRq2m4f1a #worldconnected #esports #GET2021 pic.twitter.com/PHieKG3SLm
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
