close

अझै चल्दै छ विश्वको पहिलो वेबसाइट

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ १३:१८

अझै चल्दै छ विश्वको पहिलो वेबसाइट

काठमाडौं । तपाईंलाई आज पनि विश्वको सबैभन्दा पहिलो वेबसाइट भिजिट गर्न सकिन्छ भन्दा अच्चम लाग्न सक्छ । उक्त वेबसाइट निर्माण भएको ३० वर्ष पुरा भइसकेको छ । यही वेबसाइट नै आज इन्टरनेट कहाँ आइपुगेको छ भन्ने कुराको एक मात्रै प्रमाण हो ।

किनभने आजको दुनियाँमा टिकटक, फेसबुक, युट्युवजस्ता एपले विश्वलाई केन्द्रित गरिरहेका छन् । यसको निर्माण आजभन्दा ३० वर्षअघि ‘सीईआरएन’ नामक युरोपियन अर्गनाइजेशन फर न्युक्लियर रिसर्चले गरेको हो ।

जुन सन् १९९८ मा विकास गरिएको नेक्स्ट कम्प्युटरमा चलाइएको थियो । उक्त कम्प्युटरको मूल्य त्यसबेला छ हजार ५ सय अमेरिकी डलर थियो । जसको भ्यालु आज १४ हजार दुई सय अमेरिकी डलर पुगेको छ ।

उक्त वेबसाइटलाई दी वर्ल्ड वाइड वेब प्रोजेक्ट नाम दिइएको थियो । यो वेब पेजको निर्माण गुर्नको उद्देश्य आज हामीले भनिरहेको वेबको सुरुवातलाई जनाउनु थियो ।

वेबको निर्माण सर टिम बर्नर्स लीले गरेका थिए । जुन सन् १९९१ अगस्ट ६ तारिखका दिन लाइभ भएको थियो ।

बर्नर्स ली प्रसिद्ध ब्रिटिस कम्प्युटर वैज्ञानिक हुन् । उनलाई वेबको आविष्कारको रुपमा पनि चिनिन्छ । उनले सन् १९८९ मा वेबको कोर म्यानेजमेन्ट सिस्टमको प्रस्ताव गरेका थिए ।

सोही वर्षको नोभेम्बरमा उनले एचटीटीपी कम्युनिकेशनको सफल परीक्षण गरेका थिए । त्यसको तीन वर्षपछि पहिलो वेबसाइट सार्वजनिक भएको थियो । जुन वेबसाइटमा हाल थोरैको मात्र पहुँच छ ।

उक्त वेबसाइट अझै पनि सञ्चालित छ । भने, त्यसमा उक्त परियोजनाको सुरुवाती चरणमा भएको विकासहरुको बारेमा जानकारी राखिएको छ । वेबसाइटको सुरुमा वर्ल्ड वाइड वेब (थ्रीडब्लु) के हो भन्ने विषयमा जानकारी दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२