काठमाडौं । आफ्नो परिचय लुकाएर ग्रुप च्याट गर्न मिल्ने एप स्फेरलाई ट्वीटरले किनेको छ । ट्वीटरले कति रकममा यो एप किनेको हो सार्वजनिक गरेको छैन ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको समाचार अनुसार स्पेर एपमा कार्यरत २० जना पनि अब ट्वीटरको कर्मचारीको रुपमा काम गर्ने छन् ।
तोमस हल्गार र निक आलोसियो मिलेर स्पेर एप निर्माण गरेका हुन् । यी दुई युवाले यसअघि नै चर्चित सम्ली नामक एप निर्माण गरेका थिए । समाचारहरुलाई संक्षेपमा देखाउने यो एप ३ करोड डलरमा याहुले किनेको थियो ।
पछिल्लो समय ट्वीटरले लगानी विस्तार गरिरहेको छ । केही समय अघि मात्रै कम्पनीले अडियो सोसल मिडिया क्लबहाउस किन्ने प्रयास गरेको थियो ।
क्लबहाउस किन्ने प्रयास असफल भएपछि ट्वीटरले आफ्नो प्लेटफर्ममा क्लबहाउसजस्तै फिचर थपिरहेको छ ।