close

तीन महिनामै नेपाल भित्रिए २२ लाख फोन

टेकपाना टेकपाना

कात्तिक ८, २०७८ १८:२२

तीन महिनामै नेपाल भित्रिए २२ लाख फोन

काठमाडौं । पछिल्लो तीन महिनामा नेपालमा २२ लाखभन्दा बढी मोबाइल सेट आयात भएको छ । भन्सार विभागको पछिल्लाे तथ्यांक अनुसार साउनदेखि असोज महिनासम्ममा नेपालमा २२ लाख नौ हजार १७६ वटा मोबाइल सेट भित्रिएका हुन् । 

यो तीन महिनाको अवधिमा १७ अर्ब १७ करोड ७१ लाख १८० रुपैयाँ मूल्य बराबरको मोबाइल नेपाल भित्रिएको छ ।

गत वर्षभन्दा मूल्य र संख्या दुवै हिसाबले मोबाइल आयात बढेको विभागको तथ्यांक छ ।

विभागका अनुसार गत वर्ष सोही अवधिमा १५ लाख दुई हजार मोबाइल सेट भित्रिएका थिए । गत वर्ष यही अवधिमा भित्रिएका मोबाइलको कुल मूल्य ११ अर्ब १० करोड मात्रै थियो ।

कोभिड-१९ को महामारी रोक्न गरिएको लकडाउनका कारण नेपालमा मोबाइलको माग बढेको व्यवसायीहरू बताउँछन् । नेपाल भित्रिने मोबाइलको संख्या बढेपनि कतिपय मोडलका फोनहरू बजारमा अभाव छन् ।

अहिले पनि धेरै विद्यालयको पठनपाठन अनलाइन भइरहेकाले मोबाइलको माग बढेको विश्लेषण छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१