close

ट्वीटरको ब्लू टिक भेरिफिकेसनका लागि यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १०:५

ट्वीटरको ब्लू टिक भेरिफिकेसनका लागि यसरी दिनुहोस् आवेदन

काठमाडौं । यदि तपाईं ट्वीटर प्रयोगकर्ता हुनुहुन्छ र ब्लू टिक भेरिफिकेसनका लागि आवश्यक योग्यता पुरा गर्नु भएको छ भने यसका लागि आवेदन दिन सक्नुहुन्छ ।

ट्वीटरमा तपाईंको वास्तविक नाम वा त्यस समानको नाम हुनुपर्छ । कम्पनीको सन्दर्भमा समेत यही नियम लागू हुन्छ ।

ट्वीटरमा तपाईंले भेरिफाइड फोन नम्बर, ईमेल आईडी, व्यक्ति वा कम्पनी अथवा ब्रान्डको बारेमा विस्तृत जानकारी समेत उल्लेख गर्नुपर्छ । कम्पनी, ब्राण्ड वा अकाउन्ट प्रयोगकर्ताको वास्तविक तस्वीर उपलब्ध गराउनुपर्छ ।

व्यक्तिगत अकाउन्टको हकमा जन्मदिनको जानकारी उपलब्ध गराउनुपर्छ । ट्वीटरको प्राइभेसी सेटिङमा ट्वीटलाई पब्लिक रुपमा सेट गर्नुपर्ने हुन्छ । सरकारले जारी गरेको परिचयपत्र (नागरिकता, राहदानी वा ड्राइभिङ लाइसेन्स जस्ता कागजात) को स्क्यान कपी अपलोड गर्नुपर्ने हुन्छ ।

कसरी आवेदन दिने ?

  • तपाईंले ट्वीटर एप तथा ट्वीटरको वेबसाइटमा रहेको अकाउन्ट सेटिङबाट भेरिफिकेसनका लागि आवेदन दिन सक्नुहुन्छ ।
  • त्यसका लागि तीन वटा थोप्ला भएको आइकनमा क्लिक गर्नुहोस् ।
  • अब सेटिङ एन्ड प्राइभेसीमा जानुहोस् ।
  • आफ्नो अकाउन्टमा जानुहोस् र स्क्रोल गर्दै अकाउन्ट इन्फरमेसनमा गएर भेरिफिकेसन रिक्वेस्टमा ट्याप गर्नुहोस् । त्यहाँ रहेको स्टार्ट रिक्वेस्टमा थिच्नुहोस् ।
  • आवश्यक विवरण भरेर सबमिट गर्नुहोस् ।
  • त्यस पछि ट्वीटरले तपाईंको अकाउन्ट भेरिफाई भयो वा भएन भन्ने कुराको जानकारी ईमेलमार्फत दिनेछ । यदि तपाईंको अकाउन्ट भेरिफाई भएन भने ३० दिनपछि पुनः यही प्रक्रयाबाट भेरिफिकेसनका लागि निवेदन दिन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१