काठमाडौं । एप्पलको बहुप्रतिक्षित उत्पादन आईफोन १३ सिरिजका स्मार्टफोन विश्वबजारमा उपलब्ध भइसकेको छ । नेपालमा पनि यो सिरिजिका फोनको प्रि-बुकिङ सुरु भइसकेको छ भने बिहीवारदेखि बिक्री सुरू हुँदै छ ।
एप्पल डिभाइसका प्रयोगकर्ता धेरै नभए पनि यसको क्रेज नेपालमा पनि उत्तिकै छ्न् । यद्यपि सबै देशमा आईफोनको मूल्य फरक-फरक हुने गर्छ ।
अन्य देशको तुलनामा हेर्ने हो भने आईफोन १३ सिरिजका केही मोडलहरू नेपालमा सस्तो हुने गर्छ भने केही मोडल महँगाे पर्छ ।
छिमेकी देश भारतको तुलनामा केही मोडल नेपालमा सस्तो छ भने केही महँगो छ ।
सबैभन्दा सस्तो आईफोन डिभाइस पाइने देश अमेरिकाको तुलनामा अन्य देशमा फोनको मूल्य त महँगो पर्ने नै भयो ।
तर अमेरिकाको तुलनामा भने जापानमा अझै नयाँ सिरिजका आईफोनको मूल्य सस्तो भएको पाइयो ।
कुन देशमा कति छ त आईफोन १३ सिरिजका स्मार्टफोनहरूको मूल्य ?
यो लेखमा नेपालसहित, भारत, संयुक्त राज्य अमेरिका र जापानमा आईफोन १३ सिरिजको मूल्य तुलना गरेका छौं । यसका लागि भारत, अमेरिका र जापानमा निर्धारण गरिएको आईफोनको मूल्यलाई नेपाली मुद्रामा रुपान्तरण गरी यो तालिका तयार पारेका छौं ।