काठमाडौं । एप्पलको बहुप्रतिक्षित उत्पादन आईफोन १३ सिरिजका स्मार्टफोन विश्वबजारमा उपलब्ध भइसकेको छ । नेपालमा पनि यो सिरिजिका फोनको प्रि-बुकिङ सुरु भइसकेको छ भने बिहीवारदेखि बिक्री सुरू हुँदै छ ।
एप्पल डिभाइसका प्रयोगकर्ता धेरै नभए पनि यसको क्रेज नेपालमा पनि उत्तिकै छ्न् । यद्यपि सबै देशमा आईफोनको मूल्य फरक-फरक हुने गर्छ ।
अन्य देशको तुलनामा हेर्ने हो भने आईफोन १३ सिरिजका केही मोडलहरू नेपालमा सस्तो हुने गर्छ भने केही मोडल महँगाे पर्छ ।
छिमेकी देश भारतको तुलनामा केही मोडल नेपालमा सस्तो छ भने केही महँगो छ ।
सबैभन्दा सस्तो आईफोन डिभाइस पाइने देश अमेरिकाको तुलनामा अन्य देशमा फोनको मूल्य त महँगो पर्ने नै भयो ।
तर अमेरिकाको तुलनामा भने जापानमा अझै नयाँ सिरिजका आईफोनको मूल्य सस्तो भएको पाइयो ।
कुन देशमा कति छ त आईफोन १३ सिरिजका स्मार्टफोनहरूको मूल्य ?
यो लेखमा नेपालसहित, भारत, संयुक्त राज्य अमेरिका र जापानमा आईफोन १३ सिरिजको मूल्य तुलना गरेका छौं । यसका लागि भारत, अमेरिका र जापानमा निर्धारण गरिएको आईफोनको मूल्यलाई नेपाली मुद्रामा रुपान्तरण गरी यो तालिका तयार पारेका छौं ।
| मोडल | नेपाल (रू.) | भारत (रू.) | अमेरिका (रू.) | जापान (रू.) |
| आईफोन १३ मिनी (१२८ जीबी) | १,२०,९००/- | ११२,११६/- | ८४,०००/- | ८०,१९१/- |
| आईफोन १३ मिनी (२५६ जीबी) | १,३७,९००/- | १२८,१५५/- | ९६,०००/- | ९२,०००/- |
| आईफोन १३ मिनी (५१२ जीबी) | १,७१,९०० | १६०,२३४/- | १२०,०००/- | ११५,०००/- |
| आईफोन १३ (१२८ जीबी) | १,३७,९००/- | १२८,१५५/- | ९६,०००/- | ९२,०००/- |
| आईफोन १३ (२५६ जीबी) | १,५४,९००/- | १४४,१९५/- | १०८,०६२/- | १०३,५५७/- |
| आईफोन १३ (५१२ जीबी) | १,८९,९००/- | १७६,२७४/- | १३२,१०३/- | १२६,५९६/- |
| आईफोन १३ प्रो (१२८ जीबी) | १,७४,९००/- | १९२,३३१३/- | १२०,०००/- | ११५,०७६/- |
| आईफोन १३ प्रो (२५६ जीबी) | १,८९,९००/- | २०८,३५३/- | १३२,१०३/- | १२६,५९६/- |
| आईफोन १३ प्रो (५१२ जीबी) | २,२४,९०० | २४०,४३२ /- | १५६,१४३/- | १४९,६३४/- |
| आईफोन १३ प्रो (१ टीबी) | २,५५,९९० | २७२,५११/- | १८०,१८४/- | १७२,६७३/- |
| आईफोन १३ प्रो म्याक्स (१२८ जीबी) | १,८९,९००/- | २०८,३५३/- | १३२,१०३/- | १२६,५९६/- |
| आईफोन १३ प्रो म्याक्स (२५६ जीबी) | २,०५,९००/- | २२४,३९२/- | १४४,१२३/- | १३८,११५/- |
| आईफोन १३ प्रो म्याक्स (५१२ जीबी) | २,३९,९९०/- | २५६,४७१/- | १६८,१६४/- | १६१,१५३/- |
| आईफोन १३ प्रो म्याक्स (१ टीबी) | २,७४,९९० | २८८,५५०/- | १९२,२०४/- | १८४,१९२/- |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
