close

लोक सेवाको फाराम भर्न सकिने सुविधा थप्दै नागरिक एप

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ १०:१३

लोक सेवाको फाराम भर्न सकिने सुविधा थप्दै नागरिक एप

काठमाडौं । अब नागरिक एपबाट लोक सेवाको फाराम भर्न सकिने भएको छ । नागरिक एपले आफ्नो आगामी अपडेटबाट यो सुविधा सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी पूरा गरेको हो । 

यसका लागि नागरिक एपको सिस्टम तयार भइसकेको छ । उता लोक सेवाको कोर सिस्टम अपडेटको क्रममा रहेकाले उक्त कार्य सम्पन्न गरिसकेपश्चात् नागरिक एपमा यो फिचर थप हुनेछ । ‘तिहारसम्म लोक सेवाको सिस्टम अपग्रेड गर्ने काम समेत सम्पन्न भइसक्छ,’ नागरिक एप स्रोतले भन्यो, ‘उताबाट अपडेटको काम सम्पन्न भएको जानकारी आए लगत्तै यताबाट एपमा अपडेट पठाउँछौँ ।’ 

हाललाई प्रयोगकर्ताले लोकसेवाको वेबसाइटमा गएर मास्टर आईडी क्रियट गर्नुपर्नेछ । त्यसपछि नागरिक एपमा रहेको ‘लोक सेवा’मा गएर मास्टर आईडी राख्नुपर्नेछ । यति गरेसँगै नागरिक एपमा रहेका प्रमाणित विवरणको आधारमा लोकसेवाको फाराम स्वतः भरिनेछ । 

यसबाट गलत विवरण सच्याएर तथा छुटेका विवरण थप गरेर लोकसेवाको आवेदन भर्न सकिनेछ । यति मात्र होइन, नागरिक एपबाटै लोकसेवाको फाराम शुल्क समेत बुझाउन सकिने व्यवस्था मिलाइएको छ । यसका लागि भुक्तानी सेवाप्रदायकलाई सूचीकृत गरी आवद्ध गराउने कार्य समेत चलिरहेको छ । भविष्यमा नागरिक एपबाटै लोकसेवाको मास्टर आईडी समेत तयार पार्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१