close

आफ्नो पहिलो विद्युतीय कार ल्याउँदै टोयोटा, ४६० किमि गुड्ने, छतमा सोलार सिस्टम

टेकपाना टेकपाना

कात्तिक १३, २०७८ १४:२

आफ्नो पहिलो विद्युतीय कार ल्याउँदै टोयोटा, ४६० किमि गुड्ने, छतमा सोलार सिस्टम

काठमाडौं । गत अप्रिलमा टोयोटाले ‘बीजेडफोरएक्स’ को टिजर सार्वजनिक गर्दै पूर्ण विद्युतीय गाडी ‘बियोन्ड जेरो’ सन् २०२५ सम्म बजारमा ल्याउने बताएको थियो ।

त्यसलाई सार्वजनिक गर्नुको साटो कम्पनीले सोब्राउसँग मिलेर एसयूभी तयार पारिरहेको छ । जुन कम्पनीको आउने ई-टीएनजीए पावरट्रेनमा समावेश हुनेछ ।

कम्पनीले बीजेडफोरएक्सको बारेमा त्यति धेरै जानकारी त दिएको छैन । तर शुक्रबार कम्पनीले सवारी साधनको प्रोडक्सन भर्सन प्रस्तुत गर्दै त्यसमा परिवर्तन गरेको छ ।

टोयोटाले बीजेडफोरएक्सलाई ‘फ्रन्ट ह्विल ड्राइभ’ र ‘अल ह्विल ड्राइभ’ भेरियन्टमा ल्याउनेछ ।

जसमध्ये १५० किलोवाट क्षमताको पहिलो भेरियन्टको कारलाई शून्यबाट १०० किलोमिटर प्रति घण्टाको स्पिडमा जान ८.४ सेकेन्ड लाग्नेछ ।

डब्लूएलटीसीको स्ट्यान्डर्डको आधारमा कार निर्माता कम्पनीले आफ्नो एफडब्लूडी मोडेलको ७१.४ किलोवाटआवर ब्याट्रीले यसलाई सिङ्गल चार्जमा ५०० किलोमिटर अथवा ३१० माइल यात्राका लागि सम्भव बनाउनेछ ।

ब्याट्रीले १५० किलोवाट डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ । जसले ३० मिनेटमै शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिनेछ । एडब्लूडी मोडेलमा दुई ओटा ८० किलोवाट क्षमताका मोटर रहनेछन् ।

जसमध्ये कूल १६० किलोवाट पावर आउटपुट निस्किने गरी एउटा प्रत्येक एक्सेल (धुरा) मा जोडिनेछ । यसले गर्दा गाडीलाई शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा जान केवल ७.७ सेकेन्डको समय लाग्नेछ ।

टोयोटाले एडब्लूडी मोडेलको रेञ्ज सिङ्गल चार्जमा ४६० किलोमिटर अर्थात २८५ माइल हुने अनुमान गरेको छ । दुवै भेरियन्टमा ब्याट्रीलाई च्यासिसमा इन्टिग्रेट गरिएको छ ।

कार निर्माताको यो डिजाइनले गुरुत्वको केन्द्रलाई कम गर्न सघाउनेछ र च्यासिसको मजबुती बढाउनेछ । टोयोटाले बीजेडफोरएक्समा थप अन्य आकर्षक फिचर समेत समावेश गर्ने योजना अगाडि सारेको छ ।

जसमध्ये एउटा सोलारयुक्त छत हो । कार निर्माता कम्पनीका अनुसार यसबाट निःशुल्क रुपमा ११२० माइल बराबरको ऊर्जा तयार हुनेछ । यो कार सन् २०२२ को मध्यसम्ममा विश्वबजारमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१