काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले विभिन्न १९ विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
केन्द्रले वार्षिक कार्यक्रम अनुसार चालु आ.व. २०७८/७९ को दोस्रो त्रैमासिकमा देशमै उद्यम वा व्यवसाय गर्न इच्छुकका लागि विभिन्न विषयमा सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
हालै एक सूचना जारी गर्दै केन्द्रले इच्छुक व्यक्तिले मंसिर १ गतेसम्म अनलाइन आवेदन पेश गर्न अनुरोध गरेको छ ।
देशको जुनसुकै स्थानबाट पनि आवेदन दिन सकिने केन्द्रले जनाएको छ ।
यस केन्द्रको वेबसाइटमा गएर आवेदन पेश गर्न सकिनेछ । उक्त वेबसाइटमा आवेदकको योग्यता, अनलाइन आवेदन पेश गर्ने तरिका एवम् अन्य विस्तृत विवरण उपलब्ध गराइएकाे छ ।