close

ह्याकिङमा रूचि राख्नेका लागि ३ दिने निःशुल्क अनलाइन तालिम हुँदै

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १२:४२

ह्याकिङमा रूचि राख्नेका लागि ३ दिने निःशुल्क अनलाइन तालिम हुँदै

काठमाडौं । क्रिप्टोजेन नेपाल र डिजिटल नेटवर्क सोलुशनको सहकार्यमा डिजिभर्सिटी अन्तर्गत तीन दिने ‘भल्नरेबिलिटी एसेस्मेन्ट’ अर्थात् सुरक्षा कमजोरी मुल्यांकनसँग सम्बन्धित अनलाइन तालिम हुने भएकाे छ ।

कात्तिक २९ देखि मंसिर १ सम्म चल्ने यो तालिममा विशेषगरी प्राविधिक क्षेत्रमा नयाँ सुरुवात गर्दै गरेका व्यक्ति सहभागी हुनसक्ने छन् ।

भल्नरेबिलिटी एसेस्मेन्टमा रूचि राख्नेले तालिममा आधारभूत तहदेखि नै जानकारी लिन पाउने आयोजकले जनाएको छ ।

यसअन्तर्गत सहभागीलाई सुरक्षा कमजोरी पहिचान गर्न, मूल्यांकन गर्न, त्यसको संवेदनशीलता पहिचान गर्न र पत्ता लागेका समस्यालाई सम्बोधन गर्न सिकाइने छ ।

निःशुल्क रुपमा सञ्चालन हुने यो तालिम हरेक दिन दिउँसो ४ बजेदेखि दुई घण्टासम्म सञ्चालन गरिनेछ ।

तालिममा सहभागी हुनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१