close

फेसबुकले किन हटायो एलन मस्कको भेरिफाइड फ्यान पेज ?

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १२:११

फेसबुकले किन हटायो एलन मस्कको भेरिफाइड फ्यान पेज ?

काठमाडौं । टेस्लाका मालिक एलन मस्कको फ्यान पेज एक्कासी हराएको छ । एक लाख ५३ हजार फलोअर रहेको उक्त फ्यान पेज फेसबुकले केही समयअघि मात्रै भेरिफाई गरेको थियो ।

सामान्यतया यस्ता फ्यान पेज भेरिफाई हुँदैनन् । तर, एलन मस्कको फ्यान पेज भने भेरिफाई हुन पुग्यो । योसँगै धेरैले फेसबुकले आफ्नो नीतिविरुद्ध गएर पेज भेरिफाई गरेको भन्दै आलोचना गरे ।

त्यसरी आलोचना सुरु भएसँगै उक्त पेज एक्कासी हराएको छ । योसँगै धेरैले यो कदम फेसबुक आफैंले चालेको हुनसक्ने आँकलन गरेका छन् । तर, यो विषयमा फेसबुक आफैंले भने कुनै धारणा दिएको छैन ।

फेसबुकले उक्त पेज भेरिफाई गर्दा पेजमा जम्मा १० वटा पोस्टमात्रै थिए । जहाँ एलन मस्कले गरेका ट्वीटलाई शेयर गरिएको थियो । भने, उक्त पेजको नाम सात पटक परिवर्तन गरिएको थियो ।

इजिप्टबाट बनेको उक्त पेज कुन आधारमा फेसबुकले भेरिफाई गर्‍यो भन्ने विषयमा हालसम्म कुनै जानकारी पनि दिइएको छैन ।

तर, यो पेज अञ्जानमा भेरिफाई भएको हुनसक्ने आँकलन भने गर्न सकिन्छ । यसअघि ट्वीटर भेरिफिकेसनमा यस्ता खालमा समस्या देखापरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१