close

नि:शुल्क सीपमूलक तालिमका लागि अनलाइन आवेदनको म्याद थप

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ ९:३०

नि:शुल्क सीपमूलक तालिमका लागि अनलाइन आवेदनको म्याद थप

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाअन्तर्गत भौचरमा आधारित छोटो अवधिको सीपमूलक तालिमका लागि फाराम भर्ने म्याद थप गरिएको छ ।

परियोजनााट विभिन्न तालिम तथा रोजगार सेवाप्रदायक संस्थामार्फत चालु आर्थक वर्ष २०७८/७९ मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित निःशुल्क ३ महिने (३९०) घण्टे सीपूलक तालिम हुँदैछ ।

सो तालिमका लागि यसअघि कात्तिक १६ गतेसम्म अनलाइन आवेदन दिने म्याद रहेकोमा एक हप्ता थप गरिएको हो । १६ देखि ४० वर्षसम्मका इच्छुक युवाले अनलाइनमार्फत आवेदन सक्ने जनाइएको छ ।

गरिब, महिला, आदिवासी, मधेशी, दलित, अपाङ्गता भएका, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाती, पिछडिएका क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई तालिममा प्राथमिकता दिइएको छ ।

त्यस्तै तालिमपश्चात तालिम एवं रोजगार सेवाप्रदायक संस्थाबाट रोजगारीका लागि सहजिकरण हुने समेत जनाइएको छ । यस परियोजनाअन्तर्गत विभिन्न ३६ विषयमा सीपमूलक तालिम सञ्चालन हुनेछ ।

फाराम भर्न यहाँ क्लिक गर्नुहोस् ।

तालिमको विवरण र सूचना पढ्न यहाँ क्लिक गर्नुहोस् ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५