काठमाडौं । सामान्यत: ल्यापटपट तथा कम्प्युटरमा काम गर्दा हामी क्रोम फुल स्क्रिनमा काम गर्न रुचाउँछौं । हामीलाई सानो स्क्रिनमा भन्दा ठूलो स्क्रिनमा काम गर्न धेरै सजिलो लाग्छ ।
त्यो हुँदा यदि क्रोममा एकैपटक धेरै ट्याब खोलेका छन् भने ट्याबहरु नदेखिने समस्या हुन्छ । त्यो हुँदा फुल स्क्रिन हटाएर माउस घुमाई ट्याब परिवर्तन गर्नुपर्ने हुन्छ । जुन झन्झटिलो प्रक्रिया हो ।
आज हामी तपाईंलाई क्रोमको फुल स्क्रिनमा ‘शर्टकट की’ प्रयोग गरी ट्याब परिवर्तन गर्ने तरिका सिकाउँदै छौं ।
त्यसका लागि गुगल क्रोमले चारवटा शर्टकट की उपलब्ध गराएको छ । यदि तपाईं माइक्रोसफ्ट, क्रोम ओएस, लिनक्स प्रयोग गर्नुहुन्छ भने यी ‘की’ उपयाेगी हुनेछन् ।
Ctrl+1 to 8: कन्ट्रोललाई थिचेर तपाईं कति नम्बरको ट्याबमा जान चाहनुहुन्छ, त्यो नम्बर राखी तपाईंले चाहेको ट्याबमा जानका लागि यो प्रयोग गर्न सक्नुहुनेछ । तर, यो पहिलो आठवटा ट्याबमा मात्रै काम गर्नेछ ।
Ctrl+9: यदि ८ भन्दा बढी ट्याब खोलिएको छ भने तपाईंले कन्ट्रोललाई दबाएर ९ लाई थिच्दै जाँदा ९ देखि माथिका ट्याबमा परिवर्तन हुँदै जान्छ ।
Ctrl+Tab or Ctrl+Page Down: यदि तपाईंले प्रयोग गरिरहनु भएको ट्याब अघिको अथवा पछाडिको ट्याबमा जान चाहनुहुन्छ भने तयाईंले यो शर्टकट की प्रयोग गर्न सक्नुहुनेछ ।
Ctrl+Shift+Tab or Ctrl+Page Up: यदि तपाईं आफूले काम गरिरहनु भएको ट्याबबाट बाँया तिरका ट्याबमा सर्दै जान चाहनुहुन्छ भने यो शर्टकट की प्रयोग गर्न सक्नुहुनेछ ।
यदि तपाईं म्याक प्रयोग गर्नुहुन्छ भने
Command+1 to 8: कन्ट्रोललाई थिचेर तपाईं कति नम्बरको ट्याबमा जान चाहनुहुन्छ, त्यो नम्बर हाली तपाईंले चाहेको ट्याबमा जानका लागि यो प्रयोग गर्न सकिन्छ । तर, यो पहिलो आठवटा ट्याबमा मात्रै काम गर्नेछ ।
Command+9: यदि ८ भन्दा बढी ट्याबहरु खोलिएको छ भने तपाईंले कन्ट्रोललाई दबाएर ९ लाई थिच्दै जाँदा ९ देखि माथिका ट्याबमा परिवर्तन हुँदै जान्छ ।
Command+option+Right Arrow: यदि तपाईंले प्रयोग गरिरहनु भएको ट्याबको दायाँ साइडको ट्याबमा जान चाहनुहुन्छ भने याे शर्टकट की प्रयाेग गर्नुहाेस् ।
Command+option+Left Arrow: यदी तपाईं आफुले काम गरिरहनु भएको ट्याबबाट बाँया तिरको ट्याबमा सर्दै जान चाहानुहुन्छ भने याे शर्टकट की प्रयाेग गर्नुहाेस् ।