close

इन्स्टाग्राममा राखेकाे फोटाे डिलिट नगरी लुकाउनुपर्‍यो ? यस्तो छ तरिका

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ १९:१०

इन्स्टाग्राममा राखेकाे फोटाे डिलिट नगरी लुकाउनुपर्‍यो ? यस्तो छ तरिका

काठमाडौं । इन्स्टाग्राम फिड व्यवस्थित गर्नु एउटा महत्वपूर्ण कुरा हो । किनभने यसले तपाईंको प्रोफाइल निर्धारण गर्छ । यस्तोमा कहिलेकाहिँ इन्स्टाग्राममा पाेस्ट गरेका फोटाेलाई हटाउनुपर्ने बाध्यता आउन सक्छ ।

यसको एउटा विकल्प फोटो नै डिलिट गर्नु हो । तर, यो उचित विकल्प भने होइन । आज हामी तपाईंले इन्स्टाग्राममा राखेको फोटो डिलिट नगरी हाइड गर्ने तरिका सिकाउँदै छौं ।

त्यो हुँदा तपाईंलाई आवश्यक परेको खण्डमा उक्त फोटो रिस्टोर गरी प्रयोग गर्न सक्नुहुनेछ । त्यसरी फोटो रिस्टोर गर्दा उक्त फोटामा यसअघि आएका कमेन्ट, लाइकसमेत रिस्टोर हुन्छ ।

यसका लागि तपाईंले इन्स्टाग्रामले उपलब्ध गराएकाृ ‘अर्काइभ’ फिचर प्रयोग गर्न सक्नुहुनेछ ।

इन्स्टाग्रामले यो फिचर सन् २०१७ बाट प्रयोगकर्तालाई उपलब्ध गराएको हो । तर, पनि धेरै प्रयोगकर्ता यो फिचरको विषयमा जानकार छैनन् । त्यसैले यहाँ हामी अर्काइभ फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

  • सुरुमा इन्स्टाग्राम एप खोल्नुहोस् र आफ्नो प्रोफाइलमा जानुहोस् ।
  • अब तपाईंले लुकाउन चाहनुभएको फोटोमा क्लिक गर्नुहोस् ।
  • फोटो खोलेसँगै दायाँ साइड माथि रहेको ‘थ्री डट’ अप्सनमा क्लिक गर्नुहोस् । अब त्यहाँ रहेको ‘अर्काइभ’ भन्ने विकल्पमा क्लिक गर्नुहोस् ।
  • यति गरेसँगै अब तपाईंको फोटो अर्काइभमा जानेछ । अर्थात उक्त फोटो तपाईंको इन्स्टाग्राम फिडबाट हराउने छ । त्यसरी अर्काइभमा राखिएको फोटा तपाईंका साथीभाइले देख्न सक्नेछैनन् ।
  • तर, तपाईंले भने इन्स्टाग्रामको आफ्नो प्रोफाइलमा गएर दायाँ साइडको माथि रहेको ‘थ्री डट’ मा क्लिक गरी ‘अर्काइभ’ मा क्लिक गरी हेर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५