close

जिमेलमा यसरी बनाउनुहोस् एकभन्दा बढी इन्बक्स

टेकपाना टेकपाना

मंसिर १६, २०७८ ८:२७

जिमेलमा यसरी बनाउनुहोस् एकभन्दा बढी इन्बक्स

काठमाडौं । जिमेलमा तपाईंले एउटा इन्बक्स देख्न सक्नुहुन्छ । तर, जिमेलमा तपाईं धेरै थरीका काम गर्नुहुन्छ र एउटा इन्बक्सले मात्रै तपाईंलाई पुगेको छैन भने आफूले चाहे अनुसारको इन्बक्स बनाउन सक्नुहुन्छ ।

ईमेलमा एकभन्दा बढी इन्बक्स बनाउन निकै सजिलो छ । यसका लागि सर्वप्रथम आफ्नो जिमेलको सेटिङमा जानुहोस् ।

यदि तपाईं वेब भर्सनमा जिमेल प्रयोग गरिरहनु भएको छ भने स्क्रिनको दायाँपट्टि माथिल्लो भागमा सेटिङको संकेत देख्न सक्नुहुन्छ ।

सेटिङभित्र गएपछि तपाईंले विभिन्न मेनुमध्ये इन्बक्स मेनु देख्नुहुन्छ ।

त्यहाँ क्लिक गरेपछि तपाईंले डिफल्ट अप्सन आउँछ, त्यहाँ क्लिक गर्दा विभिन्न अप्सनको सबैभन्दा तल ‘मल्टिपल इन्बक्स’ भन्ने अप्सन देख्नुहुनेछ ।

त्यहाँ क्लिक गरेपछि नयाँ खुल्ने बक्समा तपाईंले ५ वटा इन्बक्स बनाउने अप्सन देख्नुहुन्छ ।

तपाईंले सबैलाई इन्बक्स बनाउनुपर्छ भन्ने छैन ।

आफूले कस्तो इन्बक्स बनाउने खोजेको हो त्यही आधारमा इन्बक्स बनाउन सकिन्छ ।

पहिलो इन्बक्समा तपाईंले कुनै शब्दको आधारमा ईमेल देखिने गरी शब्द टाइप गर्न सक्नुहुन्छ । साथै, त्यसको दायाँ भागमा त्यो इन्बक्सलाई के नाम दिने हो त्यही नाम टाइप गर्नुपर्ने हुन्छ ।

यत्ति गरिसकेपछि, तलपट्टि तपाईंले नयाँ बनाएको इन्बक्सलाई कहाँ राख्ने र कतिवटा ईमेल त्यसमा देखाउने भन्ने अप्सन देख्न सक्नुहुन्छ । आफूले चाहे अनुसारको अप्सन छानेपछि ‘सेभ चेन्जेज’ मा क्लिक गर्नुहोस् ।

अब तपाईंले आफ्नो जिमेलको होम पेजमा भर्खरै तयार पारेको नयाँ इन्बक्स देख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२