काठमाडौं । जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२१ अन्तर्गत लिग चरणको पहिलो सुपर विकेन्ड सकिएको छ ।
पूर्वी क्षेत्र अन्तर्गतको लिग चरणको पहिलो सुपर विकेन्डमा नेपाली टोली डीआरएस गेमिङ उत्कृष्ट तीनमा पर्न सफल भएको छ । त्यस्तै नेपालकै अर्को टोली डेडआइज गाइज नवौं स्थानमा छ ।
१३४ पोइन्टसहित डीआरएस गेमिङ पहिलो सुपर विकेन्डमा तेस्रो स्थानमा रहँदा १२२ पोइन्ट सहित डेडआइज गाइज नवौं स्थानमा रहन सफल भएको छ ।
पहिलो र दोस्रो स्थानमा भने १५५ पोइन्ट र १४२ पोइन्ट सहित क्रमशः थाइल्यान्डको टिम इन्फिनिटी र मलेसियाको फोर राइभल्स रहेका छन् ।
लिग चरणबाट पूर्वी क्षेत्रका ९ र पश्चिमी क्षेत्रका ६ टिम ग्रान्ड फिनालेमा सँगै प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो सुपर विकेन्ड डिसेम्बर ३ देखि ५ सम्म चलेको थियो । अब दोस्रो सुपर विकेन्ड डिसेम्बर १० देखि १२ सम्म चल्नेछ ।