काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स (एनपीएस)ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्य गरेको छ ।
कम्पनीको चेक आउट, वान लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवा उपयोग गर्नेगरी मन्जुश्री एनपीएससँग जोडिएको हो ।
उक्त सम्झौतामा एनपीएसको तर्फबाट कम्पनीका सीएक्सओ प्रताप श्रेष्ठ र फाइनान्सको तर्फबाट सीईओ सन्तोष निरौलाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनपीएसले मन्जुश्री फाइनान्सलाई डिजिटल इकोसिस्टम विस्तारमा मद्दत गर्नेछ ।
साथै प्रयोगकर्ताले नेपाल पेमेन्ट सोलुसन्सकाे चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवा उपयोग गर्न पाउनेछन् ।
यी सेवा एनपीएसले डिजिटल वालेट र रेमिट्यान्स कम्पनीहरू मार्फत उपलब्ध गराएको छ ।