टेकपाना
मंसिर २१, २०७८ १७:३७
काठमाडौं । अब ई-कमर्स प्लेटफर्म दराजमा नेपालका साना तथा मझौला उद्यमीका उत्पादनलाई छुट्टै स्थान उपलब्ध हुने भएको छ ।
त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र दराजबीच आउँदो बिहीवार एक सम्झौता हुने भएको छ ।
साना तथा मझौला उद्यमीका उत्पादनलाई अनलाइनमा स्थान उपलब्ध गराउने गरी महासंघले दराजसँग संस्थागत सहकार्य गर्न लागेको हो ।
यसमार्फत स्वदेशका साथै विभिन्न देशका ग्राहकसम्म नेपाली उत्पादन पुग्ने अपेक्षा महासंघले राखेकाे छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२