काठमाडौं । मेटा स्वामित्वको म्यासेजिङ एप ह्वाट्सएपले सबै खालका म्यासेज स्वतः हराउने फिचर सुरु गर्ने भएको छ । प्रयोगकर्ताले चाहेको समयमा आफूले गरेको च्याट स्वतः हराउने गरी समय सेट गर्न सक्ने छन् ।
ह्वाट्सएपका अनुसार प्रयोगकर्ताले स्वतः म्यासेज हराउने फिचर अन गरी अर्को व्यक्तिसँग भएको च्याटलाई निश्चित समयपछि नदेखिने बनाउन सक्ने छन् ।
ह्वाट्सएपले प्रयोगकर्तालाई थप विकल्प दिनको लागि नयाँ फिचर सुरु गरेको जनाएको छ । अब ह्वाट्सएपमा गरिएको च्याट २४ घण्टा, ७ दिन वा ९० दिनपछि स्वतः डिलिट हुने गरी समय निर्धारण गर्न सकिनेछ ।
मेटाका सीईओ मार्क जुकरवर्गले फेसबुक पोष्टमार्फत यसको जानकारी दिएका छन् । यो सुविधा ग्रुप च्याटमा भने हुने छैन ।