close

पठाओका ट्याक्सी चालकलाई स्वास्थ्य तालिम

टेकपाना टेकपाना

मंसिर २२, २०७८ १६:४१

पठाओका ट्याक्सी चालकलाई स्वास्थ्य तालिम

काठमाडौं । स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) लाई प्राथमिक उपचारसम्बन्धी तालिम दिएको छ ।

करिब तीन सय क्याप्टेनलाई प्राथमिक उपचार र घाइते अथवा बिरामीलाई अस्पताल लग्दा अपनाउनुपर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन् ।

क्याप्टेनहरुलाई जीवन रक्षकका रुपमा स्वास्थ्यका कुरामा अझ सम्वेदनशील बनाउन कार्यक्रम गरिएको हमालको भनाइ छ ।

‘काठमाडौ उपत्यकामा अस्पताल पुग्नका लागि यात्रुहरुको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ । फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडीमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुनसक्छ,’ हमाल थप्छिन् ‘हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ । यसैले क्याप्टेनहरुलाई स्वास्थ संवेदनशीलताप्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।’

तालिममा बिरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेश गरिएको बताइएको छ ।

अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रीवी शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सञ्चालन गरिएको बताइएको छ । पठाओ नेपालको उद्देश्य भनेको सडकहरूमा प्राथमिक उपचार सहयोगीहरूको उपलब्धता बढाउनु भएको हमाल बताउँछिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२