close

सार्वजनिक भयाे नविल डिजिबैंक पाेर्टल, अनलाइनबाटै यति धेरै सेवा

टेकपाना टेकपाना

मंसिर २३, २०७८ ११:५९

सार्वजनिक भयाे नविल डिजिबैंक पाेर्टल, अनलाइनबाटै यति धेरै सेवा

काठमाडौं । नविल बैंकले आधिकारिक रुपमा ‘नविल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । अब नविल बैंकका ग्राहकले बैंकको सबै अनलाइन सेवा एउटै पोर्टल अर्थात् डिजिबैंकबाट प्राप्त गर्न सक्नेछन् ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बिहीवार आयोजित एक कार्यक्रममा डिजिबैंक पोर्टलको सुरुवात गरे । 

नबिल डिजिबैंकमार्फत अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबाेर्डिङ र रिटेल/एसएमई लोन आवेदन लगायत अन्य अनलाइन सेवा लिन सकिन्छ ।

आउने दिनमा थप सेवा उपलब्ध गराउने बैंकले जनाएकाे छ ।

यही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडिओ प्रमाणीकरणबाट खाता खोल्न सकिने भिकेवाईसी र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवा समेत सार्वजनिक गरे ।

अब नविल बैंकका ग्राहकले आफ्नो केवाईसी प्रमाणीकरण गर्न बैंकमा नै जानुपर्ने बाध्यता हटेको छ । ग्राहकले घरमै बसेर भिडिओ कल मार्फत आफ्नो केवाईसी प्रमाणीकरण गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२