close

गुगलमा सर्वाधिक खोजिने क्लब बन्याे रियल मड्रिड

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १४:४१

गुगलमा सर्वाधिक खोजिने क्लब बन्याे रियल मड्रिड

काठमाडौं । २०२१ मा गुगलमा सबैभन्दा धेरै खोजिएको फुटबल क्लबको सूचीमा रियल मड्रिड पहिलो नम्बरमा रहेको छ ।

गुगलले हालै सार्वजनिक गरेको २०२१ को सर्वाधिक खोजी गरिएको सूचीमा फुटबल क्लबतर्फ सबैभन्दा बढी खोजी रियल मड्रिड फुटबल क्लबको भएको छ ।

गुगलले सार्वजनिक गरेको रिपोर्टअनुसार २०२१ मा रियल मड्रिडको बारेमा खोजी गर्दा प्रयोग भएका शब्दहरू ‘रियल मड्रिड भर्सेस बार्सिलोना’ ‘रियल मड्रिड’, ‘रियल दि मड्रिड’, ‘रियल मड्रिड चेल्सी’ लगायत रहेका छन् ।

रियल मड्रिडको बारेमा अन्य महिनामा भन्दा अप्रिल महिनामा भने धेरै खोजिएको थियो । यसैगरी सर्वाधिक खोजिएको फुटबल टिमको उत्कृष्ट १० को सूचीमा चेल्सी दोस्रोमा छ भने पीएसजी, बार्सिलोना र एसई पल्मरिस क्रमशः तेस्रो, चौथौ र पाचौं स्थानमा रहेका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२