काठमाडौं । हामी अंग्रेजी वर्ष २०२१ काे अन्त्यतिर छाैं । याे वर्षलाई फर्केर हेर्दा तपाईंले गुगलमा के के खोज्नुभयो त ?
गत वर्ष गुगलमा सबैभन्दा बढि खोजी भएको शीर्षक ‘कोरोना भाइरस’ थियो । यो वर्ष भने प्रयोगकर्ता विस्तारै आफ्नै पुरानो दैनिकिमा फर्किएको जस्तो देखिन्छ । किनभने यो पटक गुगल सर्चमा कोरोना भाइरस र भ्याक्सिनले त्यति धेरै स्थान पाएन ।
हुन त सन् २०२१ मा गुगलमा सबैभन्दा बढी खाेजिएका समाचारमध्ये तेस्राे स्थानमा काेराना नै छ । तर, अन्य हिसाबाले काेराेना शब्दले याे वर्ष त्यति धेरै स्थान पाएन ।
गुगलले सन् २०२१ मा सबैभन्दा धेरै खोजी भएका विभिन्न शीर्षकको सूची सार्वजनिक गरेको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि गुगलले सन् २०२१ मा सर्वाधिक खोजी भएका समाचार, कलाकार, खेलाडी, खानेकुरा, गेम, मुभी, व्यक्ति, गीत, टिभी शाे लगायतको सूची सार्वजनिक गरेको हो ।
यो वर्ष सबैभन्दा बढी खेलकुदसँग सम्बन्धित विषय खोजी भएकाे छ । हुन पनि हो काेभिड महामारीका कारण सन् २०२० मा आयोजना नभएका खेल याे वर्ष भए । त्याे हुँदा धेरैका लागि खुलकुद यो वर्ष चासोको विषय बन्याे ।
त्यसैले धेरै प्रयोगकर्ताले विभिन्न खेलका बारेमा गुगलमा वर्षभरी सर्वाधिक खोजी गरेको गुगलले जनाएको छ ।
२०२१ मा सर्वाधिक खोजी गरिएका शीर्षक
१. अष्ट्रेलिया भर्सेस इण्डिया
२. इण्डिया भर्सेस इंग्ल्यान्ड
३. आईपीएल
४. एनबीए
५. युरो २०२१
६. कोपा अमेरिका
७. इण्डिया भर्सेस न्यजिल्यान्ड
८. टी२० वर्ल्ड कप
९. स्क्विड गेम
१०. डीएमएक्स
यी लगायत विषयगत रुपमा हेर्दा समाचारतर्फ सबैभन्दा धेरै अफगानिस्तानको समाचार खोजी भएको छ । तालिवानले अफगानिस्तानमा सत्तामाथि कब्जा जमाएसँगै त्यहाँकाे अवस्था धेरैका लागि चासाेको विषय बनेकाे थियो ।
त्यस्तै गुगल सर्चमा कोभिड भ्याक्सिनसँग सम्बन्धित समाचार तेस्रो स्थानमा छ । त्यस्तै सबैभन्दा धेरै खोजी गरिएको कलाकारमा ‘एलेक बाल्डविन’ रहेका छन् भने खेलाडीमा ‘क्रिश्चियन एरिक्सन’ रहेका छन् ।
खाने कुरामा ‘बिरिया टाकोज’ रहेको छ । खेलतर्फ भने सबैभन्दा धेरै ‘पपक्याट’ को खोजी गरिएको छ । जबकि टिभी शाे तर्फ भने ‘स्क्विड गेम’ रहेको छ । त्यस्तै गुगलमा सर्वाधिक खोजिएको स्पोर्टस् टिम ‘रियल म्याड्रिड’ रहेको छ ।