close

चिनियाँ चिप निर्माता कम्पनीलाई अमेरिकी प्रविधि प्रयोगमा रोक

टेकपाना टेकपाना

मंसिर २७, २०७८ १२:१०

चिनियाँ चिप निर्माता कम्पनीलाई अमेरिकी प्रविधि प्रयोगमा रोक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ चिप निर्माता कम्पनी सेमिकन्डक्टर म्यान्युफ्याक्चरिङ कर्प (एसएमआईसी) लाई अमेरिकी प्रविधि खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

अमेरिकी रक्षा विभागले ल्याएको एक प्रस्तावमा चिनियाँ चिप निर्मातालाई अमेरिकी प्रविधि प्रयोगमा रोक लगाउने उल्लेख छ । सो विभागले एसएमआईसीलाई अमेरिकाको क्रिटिकल प्रविधि खरिदमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै प्रस्ताव पेस गरेको हो ।

तर कमर्स डिपार्टमेन्टका केही अधिकारीहरुले भने यो प्रस्ताव रोक्न सुझाव दिएका छन् । यसअघि अमेरिकाले गत वर्ष एसएमआईसीलाई कालोसूचीमा राखेको थियो ।

एसएमआईसीको सम्बन्ध चिनियाँ सेनासँग रहेको अनुमान गर्दै अमेरिकी सरकाले यस्तो कदम चालेको थियो । त्यसैले अमेरिकाले कालोसूचीमा राखेर आपूर्ति रोक्ने प्रयास गरेको थियो ।

तर, अब भने अमेरिकाले ह्वावेलाई लगाएको प्रतिबन्ध जस्तै आफ्नो प्रविधि प्रयोगमा समेत रोक लगाउने तयारी गरेको जनाइएको छ । यो विषयमा एसएमआईसीले भने कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२