close

राजेश हमाल बने साथीमार्टको ब्राण्ड एम्बेस्डर, मोबाइल एपबाटै शपिङ गर्ने सुविधा

टेकपाना टेकपाना

पुस १, २०७८ १८:५७

राजेश हमाल बने साथीमार्टको ब्राण्ड एम्बेस्डर, मोबाइल एपबाटै शपिङ गर्ने सुविधा

काठमाडौं । साथीमार्टको ब्राण्ड एम्बेस्डरमा कलाकार राजेश हमाल नियुक्त भएका छन् । बिहीवार राजधानीना आयोजित एक कार्यक्रममा हमाल र साथीमार्टबीच एक सम्झौता भएको छ ।

काठमाण्डौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्टले स्थापनाको १६ महिनामा सातै प्रदेशका सहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गरिरहेको छ ।

बेरोजगार तथा नेपालमै बसेर केही गरौं भन्ने सोच भएका युवालाई लक्षित गरी साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्नेगरी ’साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सञ्चालन गरिरहेको छ ।

यसबाट यही वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य कम्पनीको छ । जसअन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि ३० प्रतिशतसम्म आम्दानी गर्न सकिन्छ ।

आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन शपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आईएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

साथीमार्टको आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ । हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आईओएसमा पनि एप उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२