काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको नेटवर्कमा आधारित भएर कुमारी बैंकको मोबाईल एप मार्फत किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो ।
यस सुविधामार्फत कुमारी बैंकमा खाता भएका ग्राहकले क्यूआर मार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन् । तर, यसका लागि ग्राहक कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्ने जनाइएको छ ।
कुमारी बैंकको मोबाईल एप मार्फत क्यूआर भुक्तानी गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अथवा तत्काल भुक्तानी गर्ने भन्ने अप्सन देखाउनेछ । उक्त अप्सन मार्फत ग्राहकले ईएमआई मार्फत समेत भुक्तानी गर्न सक्नेछन् । यस्तोमा मर्चेन्टलाई भने कुमारी बैंकले तत्कालै रकम भुक्तानी दिनेछ भने ग्राहकले किस्ताबन्दीमा तिर्न सक्नछन् ।
एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा कुमारी बैंकले गत वर्षदेखि फोनलोन सेवा समेत सुरु गरेको थियो । अहिले फोनपेको क्यूआर मार्फत उक्त सेवालाई विस्तार गर्दै ईएमआईसहितको भुक्तानी सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।