close

साओमी १२ मा ५० मेगापिक्सेलका तीन क्यामेरा, कति होला मूल्य ?

टेकपाना टेकपाना

पुस ४, २०७८ १३:३६

साओमी १२ मा ५० मेगापिक्सेलका तीन क्यामेरा, कति होला मूल्य ?

काठमाडौं । साओमीले चाँडै नै आफ्नो फ्ल्यागशिप स्मार्टफोन साओमी १२ सार्वजनिक गर्दैछ । यो सिरिजअन्तर्गत साओमी १२, साओमी १२ एक्स, साओमी १२ प्रो, साओमी १२ अल्ट्रा फोन आउने चर्चा छ ।

तर कम्पनीले यो सिरिजका फोनबारे आधिकारिक विवरण खुलाएको छैन । यद्यपि बेलाबेलामा साओमी १२ सिरिजका विवरण अनलाइनमा लिक हुने गरेको छ ।

यसैबीच हालै साओमी १२ माेडलका केही फिचर अनलाइनमा सार्वजनिक भएको छ । लिकस्टर अनलिक्स र जोउटन्सले लिक गरेकाे साओमी १२ को तस्वीरमा फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप भएको देख्न सकिन्छ, जसका सबै सेन्सर ५० मेगापिक्सेलका हुने चर्चा छ ।

साथै यसमा डुअल एलईडी फ्ल्याश रहने छ । कर्भ्ड डिस्प्लेसहितकाे फोनमा फुलएचडी प्लस रेजोलुसन रहने चर्चा छ । साथै स्क्रिनमा इन ब्यूल्ट फिंगरप्रिन्ट सेन्सर रहनेछ ।

त्यस्तै फोनमा ६७ वाटको फास्ट चार्जिङसहित ५ हजार एमएएच क्षमताकाे ब्याट्री रहने छ । साथै यो फोन क्वालकम स्न्यापड्रागन ८ जेन १ चिपसेटसहित आउने बताइएको छ ।

याे फाेनकाे मूल्य एक लाख रूपैयाँकाे हारहारीमा हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२