काठमाडौं । ह्वावेले आईसीटी अवार्ड २०२१ अन्तर्गत ‘ह्वावे स्टार्टअप आईसीटी अवार्ड’ विधा अन्तर्गतका उत्कृष्ट पाँच फाइनलिस्टलाई पुरस्कार प्रदान गरेको छ ।
कम्पनीले यस विधाको विजेता खेती भेन्चरलाई ३ हजार डलर र सोही विधाका बाँकी चार फाइनलिस्टलाई पाँच सय डलर बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरेको हो ।
‘आईसीटी क्षेत्रमा योगदान पुर्याएकोमा म सबै विजेता र फाइनलिस्टलाई बधाई दिन चाहन्छु,’ ह्वावे क्लाउडका प्रमुख इभान मोले भने, ‘पछिल्लो समय नेपालमा स्टार्टअपको उल्लेख्य रुपमा वृद्धि भइरहेको छ । हामीले पनि नेपाली स्टार्टअपलाई प्रवर्द्धन गर्न काम गरिरहेका छौं । सोही योजना अन्तर्गत ह्वावे क्लाउड सेवा सबै आकारका नेपाली स्टार्टअपलाई सहज रुपमा उपलब्ध गराउने काम गरिरहेको छ ।’
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङलाई आईसीटी अवार्ड र समग्र नेपालको आईसीटी क्षेत्रमा ह्वावेले पुर्याएको योगदानको प्रशंसा गरे ।