काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन ‘फिक्स डिपोजिट’ मा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दती खाता खोल्न सक्नेछन् ।
बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ।