close

मोबाइल-कम्प्युटर चलाउँदा लगाउनुहोस् यी चस्मा, जसले गर्नेछ तपाईंको आखाको सुरक्षा

टेकपाना टेकपाना

पुस ७, २०७८ २१:४

मोबाइल-कम्प्युटर चलाउँदा लगाउनुहोस् यी चस्मा, जसले गर्नेछ तपाईंको आखाको सुरक्षा

काठमाडौं । अचेल हरेक दुई व्यक्तिमा एक जनामा आँखाको समस्या रहेको हुन्छ । कसैको आँखाको ज्योति कम हुन्छ  भने कसैको आँखा पोल्ने समस्या हुन्छ ।

खासगरी बालबालिकामा मोबाइल तथा ल्यापटप चलाउँदा आँखा दुख्ने र पोल्ने समस्या हुने गर्छ । त्यसैले बालक होस् वा वयष्क, आँखाको सुरक्षाका लागि एन्टी ब्लु रे चस्मा निकै नै उपयोगी हुने  गर्छ ।

तपाईंले टिभी, मोबाइल वा ल्यापटप घण्टौँसम्म चलाउँदा यस किसिमको चस्मा लगाएर ब्लु रे अर्थात निलो किरणबाट आँखालाई जोगाउन सक्नुहुन्छ । आज हामी तपाईंलाई ब्रान्डेड ब्लु रे चस्माहरूको बारेमा बताउँदै छौँ । जसलाई बालबालिका देखि वयस्क सबैले लगाउन मिल्छ । 

१. किलर एक्स ब्लुरे लाइट ब्लकिङ ग्लासेस

आयातकार आकारको यो चस्मा अहिलेका युवाहरूमाझ चल्तीको चस्मा मध्येमा पर्छ । यसलाई तपाईं आफ्नो आँखालाई यूभी (परावैजनी विकिरण) बाट जोगाउनुका साथै फेसनको रुपमा समेत लगाउन सक्नुहुन्छ ।

यसमा प्रयोग गरिएको ब्लु लाइट फिल्टर आई लेन्सले तपाईंको आँखामा पर्ने दबाबलाई समेत कम गर्दछ र आँखामा पीडा समेत हुँदैन । 

२. गेनएक्स जेरो पावर कम्प्युटर आइग्लासेस

यो मिडियम फ्रेम साइज भएको चस्मा हो, जुन तपाईंले साधारण चहकिलो किसिमको लुकमा पाउन सक्नुहुन्छ । यसको फ्रेम लामो समयसम्म टिकाउ हुने स्टेनलेस स्टिलबाट बनेको हुन्छ ।

जसमा एन्टी ग्लेयर ब्लु कट लेन्स राखिएको हुन्छ र यसले यूभी ४०० प्रदान गर्दछ । हाइड्रोफोबिक र धुलो प्रतिरोधी यस किसिमको चस्माले तपाईंको आँखालाई कम्प्युटर, ल्यापटप र टिभीबाट निस्किने परावैजनी किरणबाट पूर्ण रुपमा जोगाउँछ । 

३. एफरमोन ब्लु रे कट कम्प्युटर ग्लासेस

यो चस्मा तपाईंले निलो कलरको रेट्रो डिजाइन भएको फ्रेममा पाउन सक्नुहुन्छ । जुन हेर्दा आकर्षक र लगाउँदा भद्र देखिन्छ ।

जिरो पावर भएको यो चस्माले ब्लु रे कट कम्प्युटर सिसाको सहयोगमा तपाईंको आँखालाई परावैजनी किरणबाट सुरक्षित राख्न सक्छ । यसलाई तपाईं ल्यापटप तथा मोबाइल प्रयोग  गर्दा मात्रै नभएर रातको समयमा गाडी चलाउँदा समेत लगाउन सक्नुहुन्छ । 

४. लेन्सकार्ट ब्लु ब्लुकट आइग्लासेस

यो तपाईंले फुल रिम आयातकारमा पाउन सक्नुहुन्छ । जुन लगाउँदा निकै कुल लुक्स दिन्छ । यसको कलर कम्बिनेस सेतो र निलो छ । यो चस्माको एन्टिग्लेयर कम्प्युटर आइग्लासेसको लेन्सको पावर शून्य छ ।

जुन ब्लु कट एन्टिग्लेयर लेन्स हो । यसको फ्रेम टीआर ९० बाट बनेको हुन्छ । जुन निकै लचकदार, हलुका र लामो समयसम्म टिकाउ हुने किसिमको हुन्छ । 

५. अफ्फेरल प्रिमियम ब्लु रे कट ग्लासेस

यो चस्मामा ब्लु लाइट ब्लक गर्ने लेन्स लगाइएको हुन्छ । जसले शत प्रतिशतसम्म परावैजनी किरणलाई तपाईंको आँखासम्म पुग्नबाट रोक्ने क्षमता राख्छ ।

यसलाई तपाईं खासगरी टिभी हेर्दा, मोबाइल चलाउँदा वा कम्प्युटरमा काम गर्दा लगाउन सक्नुहुन्छ । यो ब्लु रे फिल्टर भएको चस्मा तपाईंले कालो तथा निलो कलरको फ्रेममा पाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२