close

आकर्षक स्मार्टफोन ल्याउँदै रियलमी, यस्ता हुनेछन् फिचर

टेकपाना टेकपाना

पुस १२, २०७८ २०:२२

आकर्षक स्मार्टफोन ल्याउँदै रियलमी, यस्ता हुनेछन् फिचर

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी रियलमीले बजारमा आफ्नो नयाँ स्मार्टफोन रियलमी जीटी टु सिरिज सार्वजनिक गर्ने भएको छ । यद्यपि कम्पनीको तर्फबाट यो स्मार्टफोन सिरिजका दुई स्मार्टफोन रियलमी जीटी टु र रियलमी जीटी टु प्रोका फिचरलाई लिएर कुनै जानकारी बाहिर आएको छैन ।

तर टिप्सटर तथा लिक्सबाट भने कयौँ जानकारीहरू बाहिर आइरहेका छन् । आज हामी तिनै विषयमा चर्चा गर्दै छौँ । यस सिरिजका दुवै स्मार्टफोन गिकबेन्च र टिना दुवैको सूचीकरणमा देखिएका छन् ।

गिकबेन्चमा आरएमएक्स३३१० मोडेल नम्बर रहेको एउटा स्मार्टफोन देखिएको छ । जसलाई रियलमी जीटी टु ठानिएको छ । साथै रियलमीका उपाध्यक्षले रियलमी जीटी टु प्रोको डिस्प्लेको विषयमा चिनियाँ सामाजिक सञ्जाल वाइबोमा जानकारी दिएका छन् ।

यी सबै कुराका आधारमा के अनुमान गर्न सकिन्छ भने रियलमीका दुवै स्मार्टफोन चाँडै नै बजारमा सार्वजनिक हुँदैछन् । कम्पनीका उपाध्यक्षका अनुसार रियलमी जीटी टु प्रो ६.७ इन्चको टुके डिस्प्ले, १४४०x३२१६ पिक्सेल रेजोलुसन तथा १२० हर्ज रिफ्रेश रेटको साथमा आउनेछ ।

जसको डिस्प्ले एलटीपीओ प्रविधिमा आधारित हुने बताइएको छ । क्यामेराको कुरा गर्ने हो भने रियलमी जीटी टुमा ५० मेगापिक्सेलको मुख्य सेन्सर सहित तीन ओटा रियर क्यामेरा हुनेछन् ।

त्यस्तै अर्को सेन्सर ८ मेगापिक्सेल र तेस्रो लेन्स दुई मेगापिक्सेलको हुने अनुमान छ । सेल्फीको कुरा गर्ने हो भने यो फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुनसक्छ ।

यूएसबी टाइपी सी चार्जिङ पोर्ट हुने यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री र ६५ वाट फास्ट चार्जिङ सपोर्ट हुने अपेक्षा गरिएको छ । चर्चामा आएका खबरहरूलाई मान्ने हो भने यो सिरिजका स्मार्टफोनको फिंगरप्रिन्ट सेन्सरमार्फत प्रयोगकर्ताले आफ्नो मुटुको धड्कन समेत मापन गर्न सक्नेछन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२