close

ट्रयाल पास गरेका सबैले माघसम्म स्मार्ट लाइसेन्स पाउने

टेकपाना टेकपाना

पुस १३, २०७८ २०:६

ट्रयाल पास गरेका सबैले माघसम्म स्मार्ट लाइसेन्स पाउने

काठमाडौं । ट्रायल पास गरेका चार लाखभन्दा बढी सेवाग्राहीले माघ महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स पाउने भएका छन् । आजदेखि स्मार्ट लाइसेन्सको छपाई सुरु गरेको यातायात व्यवस्था विभागले ट्रायल पास गरेर बसेका सेवाग्राहीलाई माघभित्रै लाइसेन्स प्रदान गर्ने भएको हो ।

‘कार्ड आपूर्ति नभएका कारण छपाई गरेर वितरण गर्न समस्या भइरहेको थियो । हामीलाई १४ लाख कार्ड प्राप्त भएको छ । अब काम धमाधम सुरु हुन्छ’, विभागका महानिर्देशक नमराज घिमिरेले भने ।

स्मार्ट लाइसेन्सको कार्यन्वयनका लागि कार्ड रिडरको पनि अब कुनै समस्या नरहेको उनले बताए । आएको १४ लाख कार्डको छपाई सक्ने बेला सम्ममा स्मार्ट लाइसेन्सको उपलब्धतालाई कसरी थप सहज बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

‘अब कार्ड छपाईंको समस्याले लाइसेन्स वितरणमा कुनै समस्या आउनेछैन,’ उनले भने ।

त्यस्तै रसिदको समस्या समाधान गर्न क्यूआर कोडसहितको एक वर्षे परीक्षणकालीन लाइसेन्सको कार्यन्वयन पनि राम्रोसँग भइरहेको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२