close

साओमीको बहुप्रतिक्षित ‘मियूआई १३’ सार्वजनिक, यी फोनले पाउँदैछन् अपडेट

टेकपाना टेकपाना

पुस १४, २०७८ १०:०

साओमीको बहुप्रतिक्षित ‘मियूआई १३’ सार्वजनिक, यी फोनले पाउँदैछन् अपडेट

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमीले एन्ड्रोइड १२ मा आधारित आफ्नो पछिल्लो युजर इन्टरफेस ‘मियूआई १३’ सार्वजनिक गरेको छ । सेक्युरिटी र प्राइभेसीसँग सम्बन्धित महत्वपूर्ण फिचर थप गर्दै कम्पनीले मियूआइ १३ सार्वजनिक गरेको हो ।

साओमीका सीईओ एवं सह-संस्थापक लेइ जुनले मंगलबार आयोजित कार्यक्रममा साओमी १२ सिरिज स्मार्टफोनसँगै मियूआई १३ सार्वजनिक गरे । पछिल्लो मियूआईमा सेक्युरिटी र प्राइभेसी फिचरका अतिरिक्त नयाँ फिचरहरू पनि थप भएका छन् ।

यसले साओमीको भ्वाइस असिस्टेन्ट ‘साओ एआई’ सँग एउटै नेटवर्कमा जडान गर्न स्मार्टफोन, ट्याब्लेट, टिभी, स्मार्ट होमजस्ता साओमी उपकरणहरूलाई अनुमति दिनेछ ।

यसमा फेस भेरिफिकेसन प्रोटेक्सन, प्राइभेसी वाटरमार्किङ, इलेक्ट्रोनिक फ्रड प्रोटेक्सनलगायतका सुरक्षा फिचर छन् ।

स्मार्टफोन प्रयोगकर्ताका लागि गोपनीयता एउटा महत्त्वपूर्ण पक्ष बनेकाले मियूआईमा थ्री स्टेपको भेरिफिकेसन प्रोसेस सुरुवात गरिएको छ । यद्यपि, यो सुविधाले विश्वव्यापी रूपमा काम गर्नेबारे कम्पनीले कुनै पुष्टि गरेको छैन ।

साथै कम्पनीले फेसियल रिकग्निसन फिचरलाई पनि परिष्कृत गरेको छ । अनुहार पहिचान प्रयोगकर्ताको अनुहारमा मात्र सीमित नगरी यसले शरीरको माथिल्लो भाग पहिचान गर्ने दाबी गरिएको छ । यसअन्तर्गत फेसियल रिकग्निसन फिचरले कम्मरदेखि सबै रेकर्ड गर्नेछ । यस सुविधाले शरीरको विभिन्न संरचना भएका अन्य व्यक्तिहरूलाई तपाईंको फोनमा पहुँच राख्नबाट रोक्छ ।

साअ‍ोमी १२ सिरिजमा यो अपडेट प्रि-इन्स्टल भएर आएको छ भने जनवरीको अन्त्यदेखि साओमीका डिभाइसमा मीयूआई १३ को स्टेबल अपडेट आउन सुरु हुने कम्पनीले जनाएको छ । यसअन्तर्गत पहिलाे चरणमा स्टेबल अपडेट पाउने डिभाइस यसप्रकार छन् ।

  • Xiaomi Mi 11 Ultra
  • Xiaomi Mi 11 Pro
  • Xiaomi-Mi 11
  • Xiaomi Mi Pad 5 Pro 5G
  • Xiaomi Mi Pad 5 Pro
  • Xiaomi-Mi Pad 5

कम्पनीले दोस्रो र तेस्रो ब्याचको सूची पछि जारी गर्ने वाचा गरेको छ ।

आजदेखि यी मोडलमा मियूआई १३ को आन्तरिक परीक्षण हुनेछ

  • Xiaomi Civo
  • Xiaomi Mi MIX 4
  • Redmi K40 Gaming Edition
  • Redmi Note 10 Pro
  • Xiaomi Mi 11 Ultra
  • Xiaomi Mi 11 Pro
  • Redmi K40 Pro
  • Xiaomi Mi 11
  • Xiaomi Mi 11 Youth Edition
  • Redmi K40
  • Xiaomi Mi Pad 5
  • Xiaomi Mi Pad 5 Pro
  • Redmi K30S Extreme Edition
  • Xiaomi Mi Pad 5 Pro 5G
  • Xiaomi Mi 10S
  • Redmi K30 Extreme Edition
  • Xiaomi Mi 10 Extreme Commemorative Edition
  • Xiaomi Mi 10
  • Redmi K30 Pro
  • Xiaomi Mi 10 Pro
  • Redmi K30 5G
  • Redmi K30i 5G
  • Xiaomi Mi 10 Youth Edition
  • Redmi K30
  • Redmi Note 9 Pro
  • Xiaomi CC9 Pro
  • Redmi Note 10
  • Redmi Note 11 5G
  • Redmi-Note 9 4G
  • Redmi Note 9
  • Redmi 10X Pro
  • Redmi-10X

जनवरीदेखि पब्लिक बेटा रिलिज पाउने डिभाइस

  • Xiaomi Civi
  • Xiaomi Mi MIX 4
  • Redmi K40 Game Enhanced Edition
  • Redmi Note 10 Pro
  • Xiaomi Mi 11 Ultra
  • Xiaomi Mi 11 Pro
  • Xiaomi-Mi 11
  • Xiaomi Mi 11 Youth Edition
  • Xiaomi Mi Pad 5
  • Xiaomi-Mi Pad 5 Pro
  • Xiaomi Mi Pad 5 Pro 5G
  • Xiaomi Mi 10S
  • Redmi K40 Pro
  • Redmi K40
  • Redmi-K30S Extreme Edition
  • Redmi K30 Extreme Edition
  • Xiaomi Mi 10 Extreme Edition
  • Xiaomi Mi 10
  • Xiaomi-Mi 10 Pro
  • Redmi K30 Pro
  • Redmi Note 11 5G
  • Redmi-Note 9 4G
  • Redmi Note 9
  • Redmi 10X Pro
  • Redmi-10X
  • Xiaomi CC9 Pro

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२