काठमाडौं । पछिल्लो समयमा एन्ड्रोइड प्रयोगकर्ताहरू विभिन्न एपमार्फत साइबर आक्रमणमा पर्ने क्रम बढेको छ । तर यो पटक भने यस्तो घटना सामसङ ग्यालेक्सीका स्मार्टफोनमा देखिएको छ ।
सामसङ ग्यालेक्सी स्टोरमा भएका केही एपले स्मार्टफोनलाई संक्रमित बनाइरहेको एन्ड्रोइड पुलिसले उल्लेख गरेको छ । स्मार्टफोनलाई संक्रमित पार्नसक्ने भनिएका एप अहिले बन्द भएको ‘शोबक्स’ पाइरेसी एपजस्तै देखिने एप हुन् ।
‘शोबक्स’ (ShowBox) जस्तै देखिने यस्ता पाँच वटा नक्कली एप सामसङ ग्यालेक्सी स्टोरमा देखिएका छन्, जुन एपलाई यसअघि गुगल प्ले स्टोरबाट हटाइएको थियो । यद्यपि यस्ता नक्कली र जोखिमपूर्ण एपहरू अरु पनि हुनसक्ने बताइएको छ ।
एन्ड्रोइड पुलिसमा उल्लेख भएअनुसार यी एपले प्रयोगकर्ताको मोबाइलमा भएका सम्पर्क विवरण, कल लगको विवरण लगायत मोबाइलको अन्य डेटामा पहुँच पुर्याउन ह्याकरलाई मद्दत गर्नसक्छ ।
यी एपले प्रयोगकर्ताको फोनमा मालवेयर डाउनलोड गरी संक्रमित कोडहरू पीडित (प्रयोगकर्ता) को मोबाइलमा इन्स्टल पनि गर्नसक्ने बताइएको छ ।
सामसङ ग्यालेक्सी स्टोरमा यस्ता अन्य जोखिमपूर्ण एप भएको खबर बाहिर आएपनि हालसम्म कम्पनीले भने कुनै कदम चालेको छैन ।
I gave Huawei shit for this, gonna do it to Samsung too.
Samsung is hosting literal malware on the Galaxy Store. Google's anti-virus protection software, built into Play Services, stops the install. I've found at least 5 of these apps in a row on the Galaxy Store. pic.twitter.com/LiiDJtGwmb