close

जनवरी ११ मा सार्वजनिक हुँदै बहुप्रतिक्षित वनप्लस प्लस १० प्रो

टेकपाना टेकपाना

पुस १७, २०७८ १६:५

जनवरी ११ मा सार्वजनिक हुँदै बहुप्रतिक्षित वनप्लस प्लस १० प्रो

काठमाडौं । वनप्लसका धेरै प्रयोगकर्ता वनप्लस १० प्रोमा अपग्रेड गर्ने प्रतिक्षामा छन् । सन् २०२२ मा सार्वजनिक हुने भनिएका स्मार्टफोनमध्ये एक हो, वनप्लस १० प्रो ।

हालै बाहिर आएका केही खबरका अनुसार वनप्लस १० प्रो अबको दुई हप्ताभित्र सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले जनवरीमा सार्वजनिक गर्ने बताए पनि यकिन मितिबारे आधिकारिक जानकारी भने दिएको छैन ।

चिनिया सोसल नेटवर्किङ वेबसाइट विबोमा सार्वजनिक भएको एक भिडिओको अनुसार भने वनप्लस १० प्रो जनवरी ११ मा सार्वजनिक हुने तयारीमा छ ।

सो भिडिओ कसले बनाएको हो भन्ने विषयमा केही जानकारी नभए पनि भिडिओ हेर्दा भने आधिकारिक देखिन्छ । कम्पनीले पनि जनवरीमा नै सार्वजनिक गर्ने भन्ने कुरालाई आधार मान्ने हो भने यो फोन जनवरी ११ मा नै सार्वजनिक पनि हुनसक्छ ।

बाहिरिएको भिडिओ अनुसार यो फोन सुरुमा चिनियाँ बजारको लागि मात्र सार्वजनिक हुनेछ भने विस्तारै अन्य देशमा भने केही समयपछि उपलब्ध हुनेछ ।

यदि यो फोन जनवरी ११ मा सार्वजनिक भयो भने सन् २०२२ मा सार्वजनिक हुने पहिलो स्मार्टफोन नै वनप्लस १० प्रो हुनेछ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२