close

तपाईंको कनेक्ट आईपीएस ‘सस्पेन्ड’ भएको छ ? अब यसरी बनाउनुहोस् सक्रिय

टेकपाना टेकपाना

पुस १८, २०७८ २०:५४

तपाईंको कनेक्ट आईपीएस ‘सस्पेन्ड’ भएको छ ? अब यसरी बनाउनुहोस् सक्रिय

काठमाडौं । के तपाईंको कनेक्ट आईपीएसमा लिंक भएको अकाउन्ट सस्पेन्ड भएको छ ? अकाउन्ट कसरी सस्पेन्ड भएछ भनेर अन्यौलमा हुनुहुन्छ ?

कनेक्ट आईपीएसमा लगईन गर्दा यदि पासवर्ड र रजिष्टर गर्दा राखिएको सेक्युरिटी प्रश्नको जवाफ, दुवै बिर्सिएर ‘रिसेट विदआउट सेक्युरिटी क्वेस्चन’ (Reset Without Security question) अप्सन क्लिक गरेर रिसेट गर्नुभएको हो भने अकाउन्टको सुरक्षाको निम्ति एक्सेप्टेड भएका सबै अकाउन्ट सस्पेन्ड हुन्छन् ।

त्यस्तो अकाउन्टलाई आफ्नो वित्तीय संस्थाबाट पुनः भेरिफाई गराएपछि मात्र कारोबार गर्न मिल्छ । सस्पेन्डेड अकाउन्टलाई अनलाइन सेल्फ भेरिफिकेसन अथवा बैंक तथा वित्तीय संस्थाको नजिकैको शाखाबाट लिंक अकाउन्ट फर्म पुनः एकपटक बुझाएर भेरिफाई गराउन सकिन्छ ।

त्यसैले रजिष्टर गर्दा आफूले राखेको सेक्युरिटी क्वेस्चनको (Security Question) जवाफ सधैं सम्झेर राख्नुहोस् र कनेक्ट आईपीएसमा केही गरी पासवर्ड रिसेट गर्दा सेक्युरिटी क्वेस्चनको सही जवाफ दिएर आफ्नो लिंक भएको अकाउन्टको एक्सेप्टेड स्टेटस यथावत राख्नुहोस् । 

अकाउन्ट सस्पेन्ड नहुने गरी पासवर्ड रिसेट गर्नको लागि ‘फर्गट पासवर्ड’ मा क्लिक गर्नुहोस । अनि आफ्नो युजरनेम र मोबाइल नम्बर सब्मिट गर्नुहोस् ।

त्यसपछि “Reset with security question” मा क्लिक गरेर रजिस्ट्रेसन गर्दाखेरी राखिएको सेक्युरिटी क्वेस्चनको सही जवाफ दिनुहोस् ।  

अब नयाँ पासवर्ड आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर वा ईमेलमा प्राप्त गर्न सक्नुहुन्छ । यसरी नयाँ पासवर्ड पाइसकेपछि फेरि पासवर्ड परिवर्तन गरेर लगईन गर्नुहोस् । 

साथै वित्तीय कारोबारसम्बन्धी पासवर्ड, ओटीपी, पिन नम्बर लगायतका कुनै पनि जानकारी कसैसँग शेयर नगर्नुहोला ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२