काठमाडौं । नेपाली बजारमा ‘सामसङ ग्यालेक्सी एस२१ एफई’ को प्रि-बुकिङ खुला गरिएको छ । ग्यालेक्सी एस२१ सिरिजका विशेषतासहित कम्पनीले प्रिमियम मिड-रेन्जको फोनका रुपमा याे उत्पादन नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराउन लागेकाे हाे ।
यो फोन ‘ग्यालेक्सी एस२१’ सिरिजका स्मार्टफोनको तुलनामा निकै सस्तो मूल्यमा उपलब्ध हुने भएको छ । कम्पनीका अनुसार यो फोन प्रि-अर्डरमा ८९ हजार ९९९ रुपैयाँबाट सुरु भएर ९१ हजार ९९९ रुपैयाँसम्म उपलब्ध हुनेछ ।
एन्ड्रोइड १२ मा आधारित वान युआई ४.० प्लेटफर्ममा निर्माण गरिएको फोनमा ६.४ इन्चको इन्फिनिटी-ओ डिस्प्ले रहेको छ । फोनमा फुल एचडी एमाेलेड प्यानल प्रयोग भएको छ ।
१२० हर्ज रिफ्रेस रेट रहेको फोनमा सामसङको आफ्नै चिपसेट ‘एक्सवाइनस २१००’ प्रयोग भएको छ, जुन ग्यालेक्सी एस२१ अल्ट्रामा प्रयोग भएको चिपसेट हो ।
कम्पनीका अनुसार यो फोन नेपाली बजारमा ६ जीबी र्याम र १२८ जीबी रोम तथा ८ जीबी र्याम र २५६ जीबी रोम गरी दुई फरक भेरियन्टमा उपलब्ध हुनेछ ।
त्यस्तै ओलिभ, लेभेन्डर, ह्वाइट, ग्राफिट गरी चार कलर अप्सनमा फाेन उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार फोनमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । जुन यसअघि ग्यालेक्सी एस२१ मा प्रयोग भएको क्यामेरा हो । साथै फोनमा १२ मेगापिक्सेलकै अल्ट्रावाइड लेन्स र ८ मेगापिक्सेलको टेलिफोटाे लेन्स छ ।
सेल्फीका लागि फोनमा ३२ मेगापिक्सेलको क्यामेरा छ ।
४५०० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा २५ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध छ । फाइभजी सपोर्ट गर्ने फोनमा आईपी६८ डस्ट एन्ड वाटर रेसिस्टेन्स, इन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, १५ वाटको वायरलेस चार्जिङ, रिभर्स वायरलेस चार्जिङ लगायतका फिचर छन् ।