काठमाडौं । मोइबाल इन्टरनेट सिक्सजीको अध्ययनमा चीनले सफलता हात पारेको उल्लेख गरिएको छ । नेपाललगायत विश्वका कयौं देशमा फाइभजी रोलआउट नै नभएको अवस्था चीनले सिक्सजीमा सफलता हात पारेको दाबी गरिएको छ ।
अनुसन्धानकर्ताले मोबाइल इन्टरनेटमा २०६.२५ गिगाबिट्स प्रति सेकेण्डसम्मको स्पिड हासिल गर्न सफल भएको जनाइएको छ । जुन मोबाइल इन्टरनेटका हिसाबले आजसम्मकै उच्च स्पीड हो । यो सँगै फाइभजी प्रविधिको तुलनामा सिक्सजी सयौं गुणा तीब्र हुने देखिएको छ ।
परिक्षण अनुसार यो स्पिडमार्फत मार्वल सिनेमेटिक युनिभर्सका ५९.५ घण्टा लामो फिल्महरू केबल १६ सेकेन्डमा डाउनलोड गर्न सकिने दाबी गरिएको छ ।
सन् ३०३० को अन्त्यबाटै मात्रै सिक्सजी विश्व बजारमा आउने अनुमान गरिएको अवस्थामा चीनको यो सफलताले नयाँ मोड लिन सक्ने आँकलन गरिएको छ ।