close

छ महिनामै नेपाल भित्रिए साढे २५ अर्बका मोबाइल, कुन देशबाट कति ?

टेकपाना टेकपाना

माघ ९, २०७८ १७:२७

छ महिनामै नेपाल भित्रिए साढे २५ अर्बका मोबाइल, कुन देशबाट कति ?

काठमाडौं । पछिल्लो छ महिनामा २५ अर्ब ६२ करोड ९२ लाख ५३ हजार रुपैयाँभन्दा बढीका मोबाइल आयात भएका छन् । भन्सार विभागले भर्खरै जारी गरेको आर्थिक वर्ष २०७८/०७९ को सुरु छ महिनाको आयात तथ्याङ्कमा यस्तो आँकडा देखिएको हो ।

यस अवधिमा कूल ३५ लाख ६४ हजार ४३४ थान मोबाइल सेट नेपाल भित्रिएका छन् । जसबापत सरकारले मात्रै चार अर्ब पाँच करोड ५३ लाख २२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

जब कि गत आर्थिक वर्षको सुरुको छ महिनामा २० अर्ब ६३ करोड तीन लाख २२ हजार रुपैयाँ मूल्यका ३६ लाख ६४ हजार ६३० थान मोबाइल नेपाल भित्रिएका थिए । नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

चालू आर्थिक वर्षको सुरु छ महिनाको तथ्याङ्क अनुसार चीनबाट मा १५ अर्ब ४९ लाख रुपैयाँ मूल्य भन्दा बढीका मोबाइल फोन नेपाल भित्रिएका छन् । त्यसपछि दोस्रो स्थानमा भारत रहेको छ ।

यस अवधिमा भारतबाट नौ अर्ब ५० करोड ७५ लाख ५३ हजार रुपैयाँभन्दा बढीका मोबाइल आयात भएकोमा भियतनामबाट ७८ करोड ९५ लाख ८० हजार रुपैयाँभन्दा बढीको आयात भएको छ । बाँकी धेरै मोबाइल आयात हुने देशहरूमा बङ्गलादेश, जापान, हङ्गकङ, यूएई, अमेरिका लगायत रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२