close

अब पिन बिना खुल्ने छैन ह्वाट्सएप वेब, अनधिकृत लग-ईनबाट राख्नेछ सुरक्षित

टेकपाना टेकपाना

माघ ११, २०७८ १५:५

अब पिन बिना खुल्ने छैन ह्वाट्सएप वेब, अनधिकृत लग-ईनबाट राख्नेछ सुरक्षित

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले नयाँ फिचर ल्याउने भएको छ । कम्पनीले ह्वाट्सएप डेस्कटप प्रयोगकर्ताको सुरक्षाका लागि यो नयाँ फिचर ल्याउने भएको हो ।

जसको नाम टु स्टेप भेरिफिकेसन हुनेछ । यो फिचरले तपाईँलाई अनधिकृत लग-ईनबाट जोगाउनेछ । यद्यपि यो फिचर वैकल्पिक हुनेछ । प्राप्त रिपोर्ट अनुसार तपाईँले यो फिचर आफ्नो चाहना अनुसार इनेबल अथवा डिसेबल गर्न सक्नुहुन्छ ।

यदि तपाईँ यो फिचर राखेर स्मार्टफोनको सहयोगमा ह्वाट्सएप लग-ईन गर्नुहुन्छ भने तपाईँको मोबाइल नम्बरमा एउटा छ अङ्कको कोड आउनेछ । तर अहिले डेस्कटप लग-ईनका लागि तपाईँले ह्वाट्सएप वेबमा एउटा क्यूआर कोड स्क्यान गरे पुग्छ ।

यसका लागि कुनै पनि प्रकारको पिनको आवश्यकता पर्दैन । वाबेटाइन्फोको रिपोर्ट अनुसार डेस्कटपमा ह्वाट्सएप च्याट एक्सेस गर्ने कार्यलाई अझ स्तरीय र सुरक्षित बनाउनका लागि अब पिन समेत आवश्यक पर्नेछ ।

वाबेटाइन्फोको भनाइमा ह्वाट्सएपले हरेक स्थानमा टु स्टेप भेरिफिकेसनलाई व्यवस्थापन गर्न सहज बनाउन चाहेको छ । त्यसैले आगामी दिनमा आउने अपडेटमा वेब तथा डेस्कटपमा यो फिचर आउने अपेक्षा गरिएको छ । यद्यपि यसको परीक्षण चलिरहेको र ह्वाट्सएप वेब तथा डेस्कटपका लागि चाँडै जारी गरिने अपेक्षा छ ।

रिपोर्टअनुसार वेब तथा डेस्कटप प्रयोगकर्ताले टु स्टेप भेरिफिकेसन इनेबल वा डिसेबल गर्न सक्नेछन् । यो त्यस्तो समयमा आवश्यक हुनेछ, जब तपाईँको फोन हराउँछ वा पिन बिर्सिनु हुन्छ । यस्तोमा तपाईँले एउटा लिङ्कको माध्यमबाट पिन रिस्टोर गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२