close

ट्वीटरमा अब आफूले छानेका साथीलाई मात्रै ट्वीट शेयर गर्न सकिने

टेकपाना टेकपाना

माघ १२, २०७८ १४:४५

ट्वीटरमा अब आफूले छानेका साथीलाई मात्रै ट्वीट शेयर गर्न सकिने

काठमाडौं । ट्वीटरले आफूले छानेका प्रयोगकर्ताले मात्र आफ्नो ट्वीट हेर्न मिल्ने फिचरको बेटा भर्सन सुरु गरेको छ । हुन त यस्तो फिचर इन्स्टाग्रामको ‘क्लोज फ्रेन्ड’ अप्सनमा पनि छ ।

त्यसरी नै ट्वीटरमा पनि अब प्रयोगकर्ताले आफूले छानेका व्यक्तिले मात्र हेर्न मिल्ने गरी ‘फ्लक’ नामक फिचर पाउनेछन् । गत वर्षको जुलाई महिनामा यस्तै फिचर भएको ‘ट्रस्टेड फ्रेन्डस’ नामक फिचरका केही झलक ट्वीटरले सार्वजनिक गरेको थियो ।

यो पटक भने फ्लकको बेटा भर्सन केही प्रयोगकर्ताको ट्वीटर अकाउन्टमा देखिएको छ । यो फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो फ्लकमा १५० जना व्यक्तिहरू छानेर राख्न सक्छन् ।

प्रयोगकर्ताले शेयर गरेको ट्वीट फ्लक अन्तर्गतका प्रयोगकर्ताले मात्र देख्न सक्नेछन् । त्यस्तै आफ्नो फ्लकबाट कुनै प्रयोगकर्तालाई हटाएको कुरा पनि उक्त प्रयोगकर्ताले थाहा पाउने छैनन् ।

त्यस्तै गरी अरु कसैलाई आफूलाई उनीहरूको फ्लकमा राखेका छन् भने उनीहरूको ट्वीटमा आफूलाई फ्लकमा राखेको कुरा पनि सूचित गरिनेछ । चाँडै यो फिचर सबैको लागि उपलब्ध हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२