काठमाडौं । एप्पलले आईओएस १५.४ भर्सन चाँडै नै सार्वजनिक गर्दैछ । यो भर्सन सार्वजनिक हुनुअगाडि नै यसको विषयमा हामीले धेरै चर्चा सुन्दै आएका छौं ।
मास्क लगाउँदा पनि फेस आईडी चल्ने लगायत विभिन्न फिचरबारे चर्चा भइरहेको छ । यदि तपाईं पनि नयाँ भर्सनमा फिचर के कस्तो छ भनेर थाहा पाउन उत्साहित हुनुहुन्छ भने कम्पनीले बेटा भर्सन सार्वजनिक गरिसकेको छ ।
बेटा भर्सनमा बगहरूको समस्या हुनसक्छ । तपाईंलाई यदि यी बगबाट केही फरक पर्दैन भने यसको बेटा भर्सन इन्स्टल गरेर प्रयोग गर्न सक्नुहुन्छ ।
अर्को महत्त्वपूर्ण कुरा भनेको यो बेटा भर्सन चल्ने फोनहरू । यो भर्सन तपाईंले आईफोन १३, १३ प्रो, १२, १२ मिनी, १२ प्रो, १२ प्रो म्याक्स, आईफोन ११, ११ प्रो, प्रो म्याक्स, आईफोन एक्सएस, एक्सएस म्याक्स, आईफोन एक्स, एक्सआर, आईफोन ८, ८ प्लस, ७, ७ प्लस, ६ एस, ६ एस प्लस, आईफोन एसईको पहिलो र दोस्रो जेनेरेशन तथा आईपोड टचको सातौं जेनेरेशनमा चलाउन सक्नुहुन्छ ।