close

चीनले सार्वजनिक गर्‍यो पाँच वर्षे अन्तरिक्ष योजना

टेकपाना टेकपाना

माघ १५, २०७८ १२:५९

चीनले सार्वजनिक गर्‍यो पाँच वर्षे अन्तरिक्ष योजना

काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष पूर्वाधारलाई सुदृढ गर्ने र मानिसहरूलाई अन्तरिक्षमा लैजानका लागि अर्को पुस्ताको अन्तरिक्ष यान विकास गर्ने लक्ष्य सहित पाँच वर्षे अन्तरिक्ष अन्वेषणको योजना सार्वजनिक गरेकाे छ ।

चीनले केही वर्षदेखि चन्द्रमामा मानिसहरूलाई कसरी लान सकिन्छ भन्ने कुराको अनुसन्धान गरिरहेको छ । विगत केही दशकमा चीनले आफ्नो क्षमता विस्तार गर्न, अन्तरिक्षयानहरूको प्रक्षेपण गर्न र यसको दायरा बढाउन, साथै मंगल ग्रहमा रोबोटिक रिसर्च लगायत नयाँ क्षेत्रमा काम गर्दै आएको छ ।

एक श्वेतपत्र जारी गर्दै चीनले लामो समयदेखि सञ्चालन गरिरहेको चन्द्रमा अनुसन्धान तथा अन्वेषणको दीर्घकालीन अभियानलाई पनि जोड दिएको छ ।

यस अभियान अन्तर्गत केही वर्षको अन्तरालमा चन्द्रमाको सतहमा ल्यान्डर र रोभरहरू पठाउने लक्ष्यलाई समावेश गरिएको छ। यही अभियान अन्तर्गत सन् २०१९ मा चन्द्रमामा रोभर अवतरण गराउने चीन पहिलो देश बन्न सफल भएको थियो ।

चन्द्रमाप्रति चीनको लगावलाई ध्यानमा राख्ने हो भने यो देशले अन्ततः चन्द्रमाको सतहमा पनि मानिसहरूलाई अवतरण गर्ने प्रयास गर्नेछ भन्ने वर्षौंदेखि अपेक्षा गरिएको थियो ।

आफ्नो ‘लुनार प्रोजेक्ट’ लाई अगाडि बढाउदै गएपछि चीनले मानवजीवनको अन्वेषणमा पनि उल्लेखनीय प्रगति गरेको छ । सन् २०२१ मा, चीनले नयाँ अन्तरिक्ष स्टेशनको कोर मोड्युल सुरू गरेको छ, जुन पृथ्वीको परिक्रमा गर्ने कक्षमा निर्माण हुनेछ ।

यसका लागि चीनले सो स्टेशनमा हाल तीनजना अन्तरिक्ष यात्रीलाई पठाएको छ ।

श्वेतपत्रमा उल्लेख भए अनुसार चीनले अर्को पाँच वर्षभित्र चन्द्रमामा दुईवटा अर्को रोबोटिक अन्तरिक्ष यान पठाउने योजना बनाएको छ, जसले चन्द्रमाको ध्रुवीय क्षेत्रहरू, चन्द्रमाको सतहका क्षेत्रहरू अध्ययन गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२