काठमाडौं । धेरै प्रयोगकर्ताको पहिलो रोजाइमा क्रोम ब्राउजर पर्ने गर्छ । तपाईं पनि यो ब्राउजर नियमित चलाउनुहुन्छ भने आज हामी क्रोमका यस्ता शर्टकट टिप्स एन्ड ट्रिक्सबारे चर्चा गर्नेछौं, जसले तपाईंको समयको बचत गर्नुको साथै राम्रो ब्राउजिङ्ग एक्स्पेरियन्स पनि दिनेछ ।
ब्राउजरमा नयाँ ट्याब खोल्ने, पहिलेको पेजमा जाने, चलाइरहेको ट्याब बन्द गर्ने, चलाइरहेको विण्डाेज मिनिमाइज गर्ने, ब्राउजर बन्द गर्नेजस्ता काम गर्नका लागि तल दिइएको शर्टकट प्रयोग गर्न सक्नुहुन्छ ।
ओम्निबक्स (Omnibox)
वेबसाइटको एड्रेस देखाइने टेक्स्ट बक्सलाई अब एड्रेस बार नभनी आधिकारिक रूपमा ओम्निबक्स भनिन्छ । सानातिना क्यालकुलेसन, कन्भर्सन, मौसम अपडेट लगायतका जानकारी तपाईं इन्टर पनि नगरी सिधै अम्निबक्समा हेर्न सक्नुहुन्छ ।
बुकमार्क्स कमाण्ड
-ctrl + shift + o प्रेस गरी बुकमार्क म्यानेजर खोल्नुहोस् ।
-माथि दायाँपट्टि रहेको तीन धर्के मेनुमा जानुहोस् ।
-एड बुकमार्क क्लिक गर्नुहोस् ।
-बुकमार्कको नाम लेख्नुहोस् ।
-यूआरएल राखी सेभ गर्नुहोस् ।
यसरी बुकमार्क सेभ गर्नाले तपाईंले नियमित चलाइराख्ने वेबसाइट एक क्लिकमै भिजिट गर्न सक्नुहुन्छ ।
क्रोम रिस्टार्ट
ब्राउजरमा chrome://restart टाइप गरी इन्टर गर्नाले तपाईंको ब्राउजरमा चलेका सबै ट्याब (प्राइभेट ब्राउजिङ्ग बाहेक) बन्द भएर पुनः सुचारु हुन्छ ।
क्रोम टास्क म्यानेजर
विण्डाेजको जस्तै टास्क म्यानेजर क्रोममा पनि पाउन सक्नुहुन्छ । क्रोम टास्क म्यानेजरले तपाईंको क्रोम ब्राउजरले कति मेमोरी र सीपीयू प्रयोग गरेको छ भन्ने जानकारी दिन्छ ।
टास्क म्यानेजर ओपन गर्नको लागि shift + Esc बटन प्रेस गर्नुहोस् ।
यस्ता शर्टकट टिप्सले तपाईंको क्रोम ब्राउजिङ्ग एक्स्पेरिएन्स निकै रमाइलो बनाउन मद्दत पुर्याउँछ ।