close

क्यामेरा पारखीका लागि उपयुक्त स्मार्टफोन

टेकपाना टेकपाना

माघ १९, २०७८ ९:३४

क्यामेरा पारखीका लागि उपयुक्त स्मार्टफोन

काठमाडौं । भिभोले नेपाली बजारमा ‘भी’ सिरिजको पछिल्लो स्मार्टफोन ‘भी२३ ई’ उपलब्ध गराएको छ । यो फोनमा ६० हर्जको रिफ्रेस रेटसहित ६.४४ इन्चको एमोलेड फुलएचडी प्लस डिस्प्ले छ ।

त्यस्तै मिडियाटेक हेलियो जी९६ फोरजी चिपसेटबाट यो फोन सञ्चालित छ । ८ जीबी र्‍याममा उपलब्ध हुने फोन १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा खरिद गर्न सकिनेछ ।

यो फोनको पछाडि ६४ मेगापिक्सेलको मुख्यसेन्सर सहित ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै फोनको अगाडि वाटर ड्रप नचसहित ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

ब्याट्री भने ४०५० एमएएच क्षमताको छ, जसमा ४४ वाटको चार्जिङ सपोर्ट छ । नेपाली बजारमा यसको मूल्य १२८ जीबी स्टोरेजको ४४,९९९ रूपैयाँ र २५६ जीबी स्टोरेजको ४९,९९९ रूपैयाँ रहने बताइएको छ ।

हेर्नुहोस् भिडिओ रिभ्यु

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५