close

लोकप्रिय हुँदै हाम्रोपात्रोको टेलिहेल्थ सेवा, तीन महिनामै ५ सय बढी कल

टेकपाना टेकपाना

माघ २०, २०७८ १२:४३

लोकप्रिय हुँदै हाम्रोपात्रोको टेलिहेल्थ सेवा, तीन महिनामै ५ सय बढी कल

काठमाडौँ । नेपालकै लोकप्रिय एप हाम्रोपात्रोले ल्याएको ‘टेलिहेल्थ सेवा’ मा तीन महिनामा ५०० भन्दा बढी कल सम्पन्न भएको छ । तीन महिनाअघि मात्र डक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्तामाझ लिएर आएको हाम्रोपात्रोमा ५० भन्दा धेरै विशेषज्ञ डक्टर उपलब्ध छन् ।

आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधालाई माया दिए ।

यसरी ५०० कल पुरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको छ भने भक्तपुर, काठमाडौँ र पोखराबाट धेरै कल आएको छ ।

यो विशेष अवसरमा हाम्रोपात्रो इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

‘यति छोटो समयमा प्रयोगकर्ताले हामीलाई देखाउनुभएको विश्वास सराहनीय छ । म सम्पूर्ण प्रयोगकर्तालाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु । उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलिहेल्थ सुविधामा नयाँ विशेषता थप्न हामीलाई थप हौसला प्राप्त भएको छ,’ उनले भने ।

नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा विज्ञ डक्टरको परामर्श दिनु कम्पनीकाे लक्ष्य रहेकाे उनले बताए ।

‘स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सिमितता नहुने हुँदा स्थानीय डक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुनेछ भनेर हामीले सोचेका छौं,’ उनले भने ।

त्यसबाहेक प्रयोगकर्ताले फलोअपको लागि डक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमानै अप्वाइटमेन्ट लिएर डक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै संचालनमा आउन लागेकाे उनले जानकारी दिए ।

साथै, प्रयोगकर्ताहरुले स्वास्थ्यसँग सम्बन्धित कुनैपनि विषयमा छलफल गर्न ‘हेल्थ फोरम’ र घरमै बसी ल्याब टेस्ट अनि औषधि अर्डर गर्न मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताहरुले पाउने कुरा उप्रेतीले बताए ।

टेलिहेल्थ सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र रु. २०० मा विज्ञ डक्टरसँग परामर्श लिन सक्नुहुनेछ ।

पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो। त्यसपछि, हाम्रो पात्रोले नेपाली एपहरुमा नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

१० लाख अनि ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्ने हाम्रो पात्रो पहिलो नेपाली एप हो ।

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५