काठमाडौँ । अनलाइन बजार दराजले २०२२ को पहिलो अभियान घोषणा गरेको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुने गरी ‘सेलिब्रेट लभ’ अभियान घोषणा गरेको हो ।
यस अभियानका मुख्य आकर्षणमा ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रि-पेमेन्टमा १५ प्रतिशत (अधिकतम रु. ७५०) सम्मको छुट, पाँच हजार रूपैयाँसम्मको मेगा भौचरका साथै ५० हजार मूल्यको सामान केवल रु. १ मा जित्ने मौका रहेको छ ।
यद्यपि अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एक जना विजेताले एक लाख २२ हजार मूल्यको श्री बालाजीको हिराको झुम्का र औंठी जित्न मौका पाउनेछन् ।
अभियान अवधिभर ग्राहकहरूले एप्पल, रियलमी, बियर्डो, रोटो, ए एन एक्स, वाइल्ड हर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कडेन्स, एक्स-एज, हम्माेन्ड्स फ्लाईक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्राण्डका उत्पादनमा ६० प्रतिशतसम्मको मेगा डिल प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्नेबारे निश्चित नभएका ग्राहकले ‘ह्यान्ड पिक्ड गिफ्ट्स’ मार्फत उत्तम उपहार पाउनसक्ने जनाइएकाे छ ।
कम्पनीका अनुसार यस अभियानले ग्राहकलाई बैंक कार्ड प्रि-पेमेन्टहरू मार्फत थप छुट प्राप्त गर्ने अवसर पनि दिनेछ ।
मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, एनसीसी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड प्रयाेगकर्ताले क्रेडिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु. ७५०) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. ७५०) सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहले १ रुपैयाँमा साजुना डायमण्ड झुम्का वा एन्कर साउन्डकोर हेडफोन किन्न सक्नेछन् ।